किन बोल्दैन लोकमान बारे मधेसी नेताहरु ? मतलब 'दाल मे कुछ काला है' - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

किन बोल्दैन लोकमान बारे मधेसी नेताहरु ? मतलब 'दाल मे कुछ काला है'



७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगमा मधेसी मोर्चाले पर्ख र हेरको नीति लिएको छ । उसले मोर्चाका केही घटकले भने यसलाई संविधान संशोधनको आफ्नो मागलाई ओझेलमा पार्ने प्रयास भनेका छन् ।

महाअभियोग प्रस्तावले आइतबार संसदमा प्रवेश पाउँदैछ । तर, मधेसी मोर्चाले यसबारे आफ्नो औपचारिक धारणा बाहिर ल्याएको छैन ।

मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु बोलेका छैनन् भने दास्रो नेताहरुले आ आफ्नो धारणा भने राख्ने गरेका छन् । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार मोर्चाका धेरै नेता राजधानी बाहिर रहेका छन् र भोलिसम्ममा बैठक बस्ने सम्भावना छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, जसले दर्ता गरेको हो, उसले हामीसँग कुनै कुरा गरेको छैन ।’
उनले यसबारे मधेसी मोर्चाले उचित समयमा निर्णय लिने बताए । उनले भने, łबाहिर आएका सबै कुरामा धारणा बनाउँदै हिड्नुपर्छ भन्ने छैन । धारणा बनेपछि तपाईहरुलाई भनौंला नि ।’

मधेसी मोर्चामा आवद्ध नेपाल सद्भावना पार्टीले भने यसलाई संविधान संशोधनको मागलाई विषयान्तर गर्ने प्रयास भनेको छ । केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष अनिल झाले अहिले महाअभियोगमा नभई संविधान संशोधनमा बहस हुनु पर्ने बताए ।

onlinekhabr