किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता



काठमाडौँ- किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरेका छन् ।

शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।

टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा गजमेर मन्त्र ब्यान्डको ‘हिमाली नेपाली’ बोलको गीतमा प्रस्तुति दिएका थिए ।

लिभिजनमा देख्‍न पाइन्छ भनेर किरण प्रतियोगितामा भाग लिएका थिए । उनी झापाको खुद्नाबारी शरणार्थी शिविरमा जन्मिएका थिए । भुटानबाट सर्वश्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।

अमेरिकाको शरणार्थी क्याम्पमा जन्मिएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएको अनुभव गरेका छन् । ‘मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,’किरणले भनेका छन् ।

भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।