काठमाडौं १ मा किरणले रवीन्द्रलाई उछिने, मिश्र तेस्रोमा झरे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौं १ मा किरणले रवीन्द्रलाई उछिने, मिश्र तेस्रोमा झरे



काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता बढाएका छन् । तर दोस्रोमा रहेका रवीन्द्र मिश्र भने खस्किएका छन् ।

एमालेका किरण पौडेलले मत बढाएर मिश्रलाई उछिनेका छन् । पुकार बम भने धेरै पछाडी परेका छन् ।

यस्तो छ पछिल्लो परिणाम

प्रकाशमान सिंह (रुख) : १११८
किरण पौडेल (सूर्य) : १०१९
रवीन्द्र मिश्र (हलो) : ८९६
पुकार बम (घण्टी) : ७०२
रमेश खरेल (आमा) : ३५७