किशोर र रञ्जुले भने : बिद्यासुन्दरलाई हामी ट्यूसन पढाउँछौं ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

किशोर र रञ्जुले भने : बिद्यासुन्दरलाई हामी ट्यूसन पढाउँछौं !



२३ भदौ, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार किशोर थापा र रञ्जु दर्शनाले मेयर विद्यासुन्दर शाक्यको काम गर्ने ढङ्ग नभएको बताएका छन् । महानगरको सय दिनको परीक्षामा विद्यासुन्दर फेल भएका छन्, पुन: पुरक परीक्षा दिएर पास हुने प्रयास गर्न सुझाव दिएका छन् ।

पत्रकार सम्मेलन नै गरेर उनीहरूले यस्तो सुझाव दिएका हुन । रञ्जु दर्शनाले सम्मेलनमा भनिन, ‘अझै पनि उहाँलाई पुरक परीक्षा दिएर पास हुने मौका छ । हामी ट्यूसन पढाउन तयार छौँ ।’

आफूहरूले सहयोग गर्न भूमिका खोजिरहँदा शाक्यले सहयोग लिन नचाहेको उनले बताइन् । मेयर शाक्यले सय दिनमा गर्छु भनेको १०१ काम नगरी नागरिकमा वितृष्णको वीउ रोपेको उनले आरोप पनि लगाइन ।

किशोर थापाले कार्यक्रममा बोल्दै भने “मेयर शाक्यले महानगरको कामको भारी बोक्न सकेनन्”, १०१ कामको भारीले उनलाई च्याप्यो ।

विभिन्न व्यक्ति, समूह र पार्टीको सहयोगमा निर्वाचन जितेका शाक्यले सय दिनमा १०१ कामको भारी बोक्नु नै असफलता भएको उनले बताए ।

मनो रेलको योजना शाक्यको पाँच वर्षे कार्यकालमा पनि सफल हुन नसक्ने दाबी गर्दै थापाले भने, ‘काठमाडौंवासीका लागि मनो रेल आवश्यक हो, सम्भव पनि छ । तर, विद्यासुन्दर ज्यूले दुई वर्षसम्म मनो रेल सञ्चालन गर्छु भनेका थिए । यो पाँच वर्षसम्म पनि पुरा हुने देखिएन ।’

पत्रकार सम्मेलनमा उपमेयरकी उम्मेदवार निरुपमा यादवले महानगरका निर्वाचित मेयर र उपमेयरलाई जनताको मतको सम्मान गर्दै पदको मर्यादा कायम गर्न सुझाव दिइन् ।