जनकपुरधामका उपमेयर शाहमाथि जुत्ता प्रहार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जनकपुरधामका उपमेयर शाहमाथि जुत्ता प्रहार



काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार भएको छ । ज्ञापनपत्र बुझाउन आएको समूहले साहमाथि जुत्ता प्रहार गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित बेलगाउँमा अतिक्रमण भएको जग्गा खाली गराउन माग गर्दै उक्त समूह ज्ञापनपत्र बुझाउन आएको थियो । सोही समूहमा रहेकी एक महिलाले साहमाथि जुत्ता प्रहार गरेकी हुन् ।

सुरुमा उनीहरू मेयरलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर नभेटेपछि उपमेयरलाई ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्र बुझेपछि उपमेयर साहले सम्बोधन गरेका थिए । त्यसपछि उनीमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार भएपछि सुरक्षाकर्मीले उनलाई कार्यकक्षमा पुर्‍याएका थिए ।