किशोरीका लागी राजनितिक बहस सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

किशोरीका लागी राजनितिक बहस सम्पन्न



कल्पना डुम्रे/ बुटवल । रुपन्देहीको सम्मरीमाइृ गाउँपालिकामा रहेका सिमान्तकृत समुदायका किशोरीहरुको शिक्षामा सुबिधा र सक्षमताको बिषयक राजनितिक बहस कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षाका लागी राष्ट्रिय अधियान नेपालको आयोजनामा शृजनसिल समाज नेपाल रुपन्देहीको समन्वय र केयर नेपालको सहयोगमा भएको सार्वजनिक बहस कार्यक्रममा किशोरीमाथी हुने गरेको बिभिन्न हिंसाका समस्याहरुलाई न्युनिकरण गर्नका लागी र किशोरीहरुको शिक्षामा समान पहुँच , शुरक्षा र संरक्षणमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।

कायृक्रममा सिमान्तकृत समुहका किशोरीहरुले आफुले भोग्नु परेको बिभिन्न समस्या महिनावारी भएको समयमा प्याडको समसया , सौचालयको समस्या, सफा खानेपानी, जातीय छुवाछुत लगायत बिबिध समस्याहरु भएको बताउका थिए भने ति किसोरीहरुको समसया माथी स्थानीय निकायका प्रमुखहरु सुचना निकायका प्रमुख लगायतले सम्बोधन गरेका थिए ।

साथै सार्वजनिक बहस कार्यक्रममा पछिल्ले समय किशारीहरुको आवश्यकताको बारेमा त्रिभुवन बिश्व बिद्यालयका डा ईन्द्रमणि राईृ र शिक्षा पत्रकार कृष्ण मल्लले किशारीको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।