चोरीको आरोपमा किट–क्याटमाथि मुद्दा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चोरीको आरोपमा किट–क्याटमाथि मुद्दा



भदौ ५, भिभे ।

स्वीस बहुराष्ट्रिय खाद्य कम्पनी नेस्लेमाथि चोरीको आरोपमा मुद्दा दायर गरिएको छ । कम्पनीले चकलेट वेफर किट–क्याटको मार्केटिङ अभियानमा अमेरिकी गेम कम्पनी अटारीले सन् १९७० को दशकमा ल्याएको कम्प्युटर गेम ब्रेकआउट चोरेको आरोप लागेको हो ।

नेस्लेले जानीजानी ब्रेकआउट गेमको अवधारणा चोरेको र आफ्नो प्रतिलिपि अधिकारको उल्लङ्घन भएको भन्दै बिहीवार अटारीले सन् फ्रान्सिस्कोको एक अदालतमा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

नेस्लेले गेमको नाम र अनुभूति चोरेर आफ्नो प्रतिष्ठामा क्षति पुर्‍याएको आरोप अटारीको छ । ‘किट क्याट : ब्रेकआउट’ नामक एउटा विज्ञापनमा अटारीको गेममा जस्तै ब्रेकआउट देखाइएको छ ।

यस विज्ञापनमा इट्टाको सट्टामा एउटामात्रै किटक्याट बार राखिएको छ । यो टिभी विज्ञापन एक वर्ष पुरानो भएको, बेलायतमा अहिले यो प्रसारण हुनै छाडेको र यसलाई पुनः सञ्चालन गर्ने योजनासमेत नभएको नेस्ले प्रवक्ताले बताएका छन् । यस मुद्दाबारे कम्पनी सचेत रहेको र यसको प्रतिरक्षासमेत गरिने बताइएको छ । एजेन्सी