आइपीएल: काेलकाता नाइट राइडर्सको कमालको सुरुआत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आइपीएल: काेलकाता नाइट राइडर्सको कमालको सुरुआत



काठमाडौं- इन्डियन प्रिमियर लिगको जारी सिजनमा कोलकाता नाइट राइडर्स फर्ममा देखिएको छ । पहिलो खेलमै जितका साथ नयाँ संस्करणको सुरुवात कोलकाताले गरेको छ ।

आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हरायो ।टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो ।

कोलकताका लागि नितिश रानाले ८० रन बनाउँदा राहुल त्रिपाठीले ५३ रनको योगदान गरे । दिनेश कार्तिक २२ रनमा अभिजित रहे । हैदरावादका लागि मोहमद नावी र राशिद खानले समान दुई दुई विकेट लिए ।

जवाफमा हैदारावाद २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १० रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका ओपनर डेविड वार्नर तीन रनमा आउट भए भने रिद्धमान शाह सात रनमा आउट भए ।

तेस्रो विकेटका लागि मनिश पाण्डे र जोनी ब्रेस्टोले ९२ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । तर ब्रेन्टो ५५ रनमा आउट भएपछि हैदरावादले एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि क्रिजमा आएका मोहम्मद नाबीपनि मात्र १४ रनमा पेभेलियन फर्किदा हैदरावाद दबावमा परेको थियो ।

त्यसपछि विजय शंकरले पनि मात्र ११ रन बनाए भने मनिश पाण्डे ६१ रनमा अविजित रहे ।