कोलकाता नाइट राइडर्ससँग सनराइजर्स हैदराबाद पराजित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कोलकाता नाइट राइडर्ससँग सनराइजर्स हैदराबाद पराजित



एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ ।

गएराति भएको खेलमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो । हैदरावादका एडिएन मार्करमले सर्वाधिक ४१ रन बनाए ।

बलिङ्तर्फ कोलकताका वैभव अरोरा र शार्दुल ठाकुरले २/२ विकेट । त्यसअघि पहिले ब्याटिङ गरेको कोलकताको लागि रिंकु सिँहले सर्वाधिक ४५ रन बनाए ।

यो खेलसँगै कोलकाता दश खेलमा चार जित र ६ हारका साथ आठौँ स्थानमा रहेको छ । हैदराबाद ९ खेलमा ३ जित र ६ हारका साथ अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।