को विरुद्ध दिदैछिन लामिछानेकी पत्नीले प्रहरीमा जाहेरी ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

को विरुद्ध दिदैछिन लामिछानेकी पत्नीले प्रहरीमा जाहेरी ?



काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गर्ने भएकी छिन् ।

‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादै छु’ निकिताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो (मंगलबार) रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै अनुसन्धानको लाथि थप सयम माग गरेको थियो ।

अदालतले प्रहरीलाई रवि लगायतका तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भनिएको भिडियो तोडमोड गरिएको र सार्वजनिक गरिएको भन्दै रविका समर्थकले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।