को होला त कांग्रेसबाट छात्रदेव गाउँपालिका अध्यक्ष ? यस्ता छन आकांक्षी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

को होला त कांग्रेसबाट छात्रदेव गाउँपालिका अध्यक्ष ? यस्ता छन आकांक्षी



हिमाल पोस्ट /केरुंगा, चैत्र १५

स्थानीय स्तरको चुनाव घोषाणा संगै गाउँ गाउँमा स्थानीय चुनाबको चहल पहल सुरु भएको छ । गाउँ स्तरमा बसेर काम गरेका नेताहरु आफ्नो उम्मेद्वारीको दाबि गर्दै आफ्ना कार्यकर्ता र नेताहरु संगको भेटघाटमा तिब्र रहेका छन । यसै गरि अन्य  क्षेत्रमा जस्तै अर्घाखाँचीको छ्त्रदेव गाउँपालिकामा पनि चुनाबको रन्को छ ।

बिभिन्न पार्टीहरुले भेला जमघट गर्न सुरु गरिसकेका छन  ।यस्तै नेपाली कांग्रेसमा पनि तन्नेरी नेताहरु र पाका नेताहरुको दाबि रहेका त्यहाँका कार्यकर्ताहरुको बुझाइ छ । सोहि क्रममा हामीले केहि कार्यकर्ताहरुबाट बुझे अनुसार नेपाल विद्यार्थी संघबाट लामो समय राजनीति गरेका युवा नेता लेखनाथ पोख्रेल,  नेपालि काँग्रेसबाट गाउँबाटै लामो समय राजनीति गरेर तेह्रौ महाधिबेशनमा जिल्ला कार्यसमितिको सचिव बनेका बिष्णु भुसालको पनि गाउँपालिका अधक्ष्यमा दाबि रहेको बुझ्नमा आएको छ ।

जिल्ला मै राजनीति गरेका केशब श्रेष्ठको पनि दाबि रहेको बुझिन्छ भने सहिद पुत्री तथा नेपाल महिला संघको केन्द्रिय सदस्य समेत रहेकी अनिता ज्ञवालीको पनि दाबि छ । अर्घाखाँचीको बिभिन्न ठाउँमा बिभिन्न कार्यक्रम गर्दै आएका र युवा हरु संग नजिक रहेकोले बाबुराम पौडेलको पनि दाबि रहेको छ  ।साथै   बिस जनाको दाबि रहेको एक कांग्रेसी  कार्यकर्ताले हिमाल पोस्टलाई जनाकारी दिए ।यद्दप्पी को हुन् सक्ने भन्ने सम्भाबना अझै नरहेको बबताईन्छ ।

तरुण दलका  सदस्य  अनुसार छ्त्रदेव गाउँपालिकाको उम्मेदवार छान्न  जिल्लाको लागि चुनौती रहेको बुझिन्छ भने त्यहाँका युवाहरु युवा उम्मेदबारको पक्षमा रहेको तर कसको पक्ष छन भन्ने कुरा अझै सार्बजनिक नगरिसकेको अबस्था छ ।

यद्दपि यस क्षेत्र्लाई कांग्रेसको पकड़ क्षेत्रको रूपमा लिएको छ ।