को को भिड्दैछन एनआरएनको अध्यक्षमा ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

को को भिड्दैछन एनआरएनको अध्यक्षमा ?



हिमाल पोस्ट /काठमाडौं २१ 

दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौँ विश्व सम्मेलनका लागि अध्यक्ष पदका बलियो उम्मेदवार देखिएका छन् । घोषित उम्मेदवारहरुमा भट्टसंग चुनावी मैदानमा प्रतिस्पर्धी देखिएका छन् – कतारबाट टिबी कार्की । वर्तमान अध्यक्ष शेष घलेसँग सातौँ विश्व सम्मेलनमा अत्यान्तै ठुलो मतान्तरले लज्जास्पद पराजय बेहोरेका कार्कीले यस पटक पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले सहयोग गर्ने बुझिएको छ ।

भट्ट र पन्त बिच भएको भित्री सहमति अनुसार यस पटक पन्तले अध्यक्षमा भट्टलाई सहयोग गर्ने र अर्को अधिवेशनमा भट्टले अध्यक्षमा पन्तलाई सहयोग गर्ने चर्चाले चुनावी वातावरण गर्माएको छ । भट्टलाई एनआरएन संरक्षक जीवा लामिछानेको पनि समर्थन रहेको छ ।

वर्तमान अध्यक्ष शेष घलेले आफ्नी पत्नी जमुना घलेलाई अध्यक्षमा अगाडी सार्ने विषयले पनि चर्चा पाएको छ । यद्यपि जमुनाको अहिलेसम्म उम्मेदवारी घोषणा भएको छैन । घलेले आफ्नो कार्यकालमा सुरु गरेको लाप्राक एकीकृत बस्ती निर्माणलाई सम्पन्न गर्न र भिजन ट्वान्टी ट्वान्टीको एजेण्डालाई कार्यान्वयन तहमा लानका लागि श्रीमतीलाई अध्यक्षमा उठाउने सोंच बनाएको बुझिएको छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भट्ट मुलतः जापानको रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा फड्को मारेका हुन् । नेपालमा सञ्चारमा क्षेत्रमा पनि लगानी गरेका भट्ट नेपाल पूर्वाधार कम्पनीको अध्यक्ष पनि बनिसकेका थिए । भट्टको लगानी रहेको बिबि एअरलान्स भने गति लिन नसकि बन्द अवस्थामा रहेको छ ।

हालसम्म अध्यक्षमा उम्मेदवारी घोषणा नगरेपनि दावेदारी मनस्थिती बनाएकी जमुना गुरुङ घले अस्ट्रेलियामा धनाढ्य महिलाहरूको सूचीमा छन् । घले अस्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । घले अस्ट्रेलियामा ११ औँ धनाढ्य महिलाको सूचीमा छिन, घले दम्पतीको २६५ मिलियन डलर सम्पत्ति रहेको छ ।

अध्यक्षका अर्का प्रत्यासी टिबी कार्की एनआरएनको स्थापनाकाल देखि नै संस्थामा आबद्ध छन् । कार्कीको कतारमा निर्माण कम्पनी रहेको हल्ला चलेपनि मुलत: उनी म्यानपावर सप्लाई विजनेसमा आबद्ध छन् ।कतारमा रहेको उनको कम्पनी द बेच जनरल सर्भिस नेपाली कामदारको श्रम शोषणमा अग्रस्थानमा रहेको भनेर आलोचित छ । कम्पनीमा कार्रयरत रहेका नेपाली कामदारहरु अत्यन्तै असंतुष्ट रहेको, समयमा तलब भत्ता र बिदा नदिने गरेको कारण मजदुर वर्गमा टिवी कार्कीले निकै आलोचित छवि निर्माण गरेको बताईन्छ । उनको फितलो व्यवहार, विचारमा अडीग हुन नसक्नु र साना साना झैझगडाको कारण कतारमा हास्यका पात्र बनेका टिवी कार्कीको उमेदवारी पनि उत्तिकै हास्यास्पद रहेको बताईन्छ ।