कोहलपुर घटना : प्रहरीको अत्यधिक बल प्रयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोहलपुर घटना : प्रहरीको अत्यधिक बल प्रयोग



काठमाडौं । त्रिभुवन नमुना माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय जाने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएपछि प्रदर्शनमा उत्रिएको भिड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले घटनाको अनुगमन गरी आवश्यकताभन्दा बढी बल प्रयोग गरेको निष्कर्ष निकालेको हो ।

ट्रकको ठक्करबाट भएको दुर्घटनापछि विरोध प्रदर्शनमा उत्रिएका स्कुले बालबालिका घाइते भएको घटनाका बारेमा अनुगमन गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको तथ्य फेला परेको आयोगको नेपालगन्जले निष्कर्ष निकालेको हो । ‘दुर्घटनापछि निमार्ण भएको असहज परिस्थितिलाई नियन्त्रण गर्न प्रहरीले न्यूनतम बल प्रयोगको मान्य सिद्धान्तविपरीत बल प्रयोग गरेको पाइयो,’ आयोगलगायत मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाको विषयलाई लिएर सादा पोसाकका प्रहरी विद्यालय प्रवेश गरी शिक्षक र विद्यार्थीलाई नियन्त्रणमा लिएकोले सर्वसाधारण र विद्यार्थीलाई थप उत्तेजित बनाएको तथ्य फेला परेको आयोग, नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईँले बताए ।

घटनामा सुशील थापा, महेश आचार्यलगायत दर्जन बढी विद्यार्थी घाइते भएको र उनीहरूको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन मानव अधिकार आयोगलगायत मानवअधिकारकर्मीले छानबिन समितिमार्फत घटनाको सत्य, तथ्य पत्ता लगाउन माग गरेका छन् । नयाँ पत्रीकाबाट ।