कोहली र डु प्लेसिको धमाकेदार ब्याटिङ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कोहली र डु प्लेसिको धमाकेदार ब्याटिङ



काठमाडौं- कप्तान फाप डु प्लेसि र विराट कोहलीको उत्कृष्टठ ब्याटिङसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियनलाई ८ विकेटले पराजित गरेको छ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए। बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए। कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए। ग्लेन म्याक्सबेलले ३ बल खेल्दै दुई छक्का मद्दतमा अविजित १२ रन जोडे।

मुम्बईका अर्शद खान र क्यामरुन ग्रीनले समान एक/एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुआत गरेपछि तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

मुम्बईका लागि तिलकले ४६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। आईपीएलमा डेब्यु गरेका नेहाल वाडेराले १३ बलमा २१ रन जोडे।

सूर्यकुमार यादवले १५ र इशान किसनले १० रन जोडे।अर्शद खानले ९ बलमा अविजित १५ रन बनाए।

बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १ विकेट लिए।