सबैलाई पछि पार्दै विराट कोहली बने 'नम्बर वान' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सबैलाई पछि पार्दै विराट कोहली बने ‘नम्बर वान’



एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली टेस्ट बरियतामा शीर्षस्थानमा उक्लन सफल भएका छन् ।

आईसीसीले हालै सार्वजनिक गरेको र्‍याङ्किङमा विराट कोहली ९२८ रेटिङका साथ शीर्षस्थानमा उक्लिएका हुन् ।

त्यस्तै बरियताको दोस्रो स्थानमा अस्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथ रहेका छन् । उनको ९२३ रेटिङ छ ।

ब्याटिङ बरियतामा न्युजिल्याण्डका कप्तान तेस्रो स्थानमा छन् । उनको ८७७ रेटिङ छ ।

विराट कोहली विश्वकप हारेर पनि निरन्तर चर्चा र प्राप्तिको शिखरमै छन् ।