विराट कोहली क्रिकेटको 'लिजेन्ड' बन्न ७ 'स्टेप' बाँकी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विराट कोहली क्रिकेटको ‘लिजेन्ड’ बन्न ७ ‘स्टेप’ बाँकी



एजेन्सी  -भारतीय टिमका कप्तान विराट कोहली एक दिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ११ हजार रन बनाउने खेलाडी बनेका छन् ।

बेलायतमा जारी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको पाकिस्तानसँगको खेलमा ७७ रन बनाएका कोहलीले भारतकै सचिन तेन्दुल्करको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

खेलमा ५६ रन बनाउँदा नै उनले तेन्दुल्करको कीर्तिमान तोडेका हुन् । कोहलीले २२२ एक दिवसीय क्रिकेटमा ११ हजार रन बनाएका हुन् । तेन्दुल्करले २७६ खेलमा ११ हजार रनको आँकडा पूरा गरेका थिए । एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएका तेन्दुलकरले ४६३ खेलमा १८ हजार ४२६ रन बनाएका छन् ।

कोहलीले ११ हजार रनको आँकडा पूरा गरे पनि केही कीर्तिमान अझै बाँकी छन् तोड्न ।

तेन्दुल्कर एक दिवसीय क्रिकेटमा ६२ पटक प्लेअर अफ दि म्याच घोषित भएका छन् भने कोहली अहिलेसम्म ३२ पटक ।

यस्तै करिअरको औषत रनमा (कम्तिमा २० पारी) पनि कोहली पछि छन् । डच खेलाडी रायन टेन डोस्चाटको औषत ६७ छ भने कोहलीको औषत ५९.५६ रहेको छ ।

विश्वकप क्रिकेटमा सर्वाधिक रनमा पनि कोहली पछि रहेका छन् । भारतका सचिन तेन्दुल्करले २२ सय ७८ रन बनाएका छन् भने कोहलीले मात्रै ७६४ रन बनाका छन् । कोहली तेन्दुल्कर भन्दा १५ सय १४ रनले पछि रहेका छन् ।

यसैगरी खेल जीवनमा प्रहार गरेको छक्कामा पनि कोहली पछि रहेका छन् । अघि छन् पाकिस्तानका शाहिद अप्रिदी, जसले ३५१ छक्का प्रहार गरेका छन् । कोहलीले अहिलेसम्म मात्रै ११८ छक्का प्रहार गरेका छन् ।

एक दिवसीय कप्तानमा रुपमा सर्वाधिक रन बनाउने कुरामा पनि कोहली पछि नै छन् । कोहलीले अहिलेसम्म कप्तानका रुपमा खेलेका एक दिवसीय क्रिकेटमा ४३ सय रन बनाएका छन् । रिकी पोन्टिङले कप्तानका रुपमा एक दिवसीय क्रिकेटमा ८ हजार ४९७ रन बनाएका छन् ।

एक दिवसी क्रिकेटमा बनाएको शतकमा कोहली तेन्दुल्कर भन्दा पछि छन् । तेन्दुल्करले ४९ पटक तथा कोहलीले अहिलेसम्म ४१ पटक शतक बनाएका छन् ।

त्यो भन्दा पनि ठूलो कुरा एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा कोहली भन्दा तेन्दुल्कर सात हजार भन्दा बढी रनले अघि छन् । कोहलीले ११ हजार २० रन बनाएका छन् भने तेन्दुल्करको रन संख्या १८ हजार ४२६ रहेको छ ।