एउटा ओभरले मालामाल बने कोहली, बरियतामा पनि छलाङ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एउटा ओभरले मालामाल बने कोहली, बरियतामा पनि छलाङ



काठमाडौँ- टी-२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच–विनिङ इनिङ खेलेका विराट कोहली आइसिसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् ।

बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा कोहली फेरि शीर्ष १० मा परेका छन् र नवौँ स्थानमा आइपुगेका छन् ।

कोहलीले अक्टोबर २३ मा मेलबर्नमा शानदार इनिङ खेलेका थिए । ३३ वर्षीय ब्याट्सम्यानले आफ्नो इनिङ्समा ६ चौका र चार छक्का प्रहार गरेका थिए ।

पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान शीर्ष स्थानमा कायमै छन् भने न्युजिल्यान्डका डेभोन कोनवे तीन स्थान उक्लेर दोस्रो स्थानमा छन् ।

कोनवेले अस्ट्रेलियाविरुद्ध ५८ बलमा ९२ रनको धमाकेदार इनिङ्स खेलेका थिए । भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा छन् ।

भारतीय बलरको कुरा गर्ने हो भने भुवनेश्वर कुमार पनि शीर्ष १० मा पर्न सफल भएका छन् । पछिल्लो वरियतामा उनी दुई स्थान सुधार भएका छन् ।

बलरको वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् ।