असन्तुष्ट नेतासँग शेखर कोइरालाको खास मिटिङ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

असन्तुष्ट नेतासँग शेखर कोइरालाको खास मिटिङ



काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय मुख्यालयमा धर्नामा रहेका आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् ।

आगामी निर्वाचनका लागि उमेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग कोइरालाले छलफल गरेका हुन् ।

बुधबार दिउँसोमात्रै कोइराला समूहले सानेपास्थित केन्द्रीय मुख्यालयमा एक घण्टासम्म मौन धर्ना दिएका थिए । धर्ना सकेलगत्तै नेता कोइरालाले धर्नामा रहेका नेता कार्यकर्तालाई बोलाएर बत्तीसपुतलीस्थित एक होटलमा छलफल गरिरहेका छन् ।

छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन् । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायतसँग छलफल गरिरहेका छन् ।

पार्टीमा उमेदवार चयन र गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा नेता कोइराला भने विराटनगर गएर बसेका थिए । कोइराला विराटनगर बसे पनि काठमाडौंमा दोस्रो तहका नेताहरूले आन्दोलन चर्काएका थिए ।