महाधिवेशनका संघारमा शशांक कोइराला किन जाँदैछन् भारत भ्रमण ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महाधिवेशनका संघारमा शशांक कोइराला किन जाँदैछन् भारत भ्रमण ?



काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइराला भारत जान लागेका छन् । उनी भोलि बिहान भारत जान लागेका हुन् ।

महाधिवेशनका संघारमा महामन्त्री शशांकको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोइरालाका सहयोगी भरत तिवारीका अनुसार महामन्त्री कोइराला कांग्रेस सांसद कर्मा घलेलाई भेट्न मुम्बई जान लागेका हुन् । क्यान्सरको उपचार गराइरहेका घलेलाई भेटेपछि महामन्त्री कोइराला नेतृत्वको टोली दिल्ली जानेछ । त्यहाँ कांग्रेस नेता प्रदीप गिरिसँग भेट गर्ने कोइराला नेतृत्वको टिमको तयारी छ ।

डा. कोइराला नेतृत्वको टोलीमा उनका सहयोगी तिवारी, संखुवासभा सभापति तथा पूर्वमन्त्री दिपक खड्कासहित सात जना रहनेछन् ।