हिन्दूराष्ट्रको मुद्दाबाट 'ब्याक' भए शशांक कोइराला - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हिन्दूराष्ट्रको मुद्दाबाट ‘ब्याक’ भए शशांक कोइराला



काठमाडौं- निरन्तर हिन्दूराष्ट्रको वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला हिन्दूराष्ट्रको मुद्दाबाट ‘ब्याक’ भएका छन् । पटक-पटक हिन्दूराष्ट्रको बिषयमा बोलेका कोइराला एकाएक पछि हटेका हुन् ।

यो मुद्दाबाट पछि हटेको उनी आफैले बताएका छन् । बिहिबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले आफू हिन्दू राष्ट्र बनाउने पक्षमा नरहेको बताए । उनले आफूलाई धर्मनिरपेक्षता भने नपचेको, आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए ।

उनले भने-“म नेपाललाई हिन्दू राष्ट्र बनाउने पक्षमा म जान्नँ ।” उनले आफू राजाको पक्षमा नरहेको पनि स्पष्ट पारे । उनले कांग्रेस गणतन्त्रबाट अब ब्याक हुन नसक्ने बताए । विपी कोइरालाको धारणालाई अघि बढाएर राजनीति गरिरहेको उनको दाबी थियो ।

कोइरालाले विपीका धारणा अहिलेपनि उतिकै सान्दर्भिक रहेको बताएका थिए । कांग्रेसले नीतिमा पनि आमूल परिवर्तन गराउनुपर्ने बताएका थिए ।

कोइरालाले सत्तामा आएपनि लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्ने बताएका थिए । वीपी गणतन्त्रविरोधी हुनु एउटा कालखण्डको कुरा भएको ।