महाधिवेशन स्थलबाटै कोमल वलीले भनिन्: म माथि षडयन्त्र भयो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महाधिवेशन स्थलबाटै कोमल वलीले भनिन्: म माथि षडयन्त्र भयो



काठमाडौं- चितवनमा जारी एमाले महाधिवेशनको बन्दसत्रमा रहेकी एमाले नेता कोमल वलीले आफूप्रति षडयन्त्र भएको बताएकी छन्। कसले उनीमाथि षड्यन्त्र गर्यो भन्नेबारे खुलाएकी छैनन् ।

ओलीले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिबद्ध हुँदाहुँदै पनि हिँड्दाहिँड्दै पर्चा दिएर षडयन्त्रपूर्वक तरिकारले तस्बिर खिचिएको बताएकी छन्।

तर पर्चा कसले दियो र तस्बिर कसले खिच्यो, खुलाएकी छैनन्। उनले ओलीलाई टक्कर दिँदै पर्चा बाँडेर अध्यक्षमा मत मागिरहेका भीम रावलकै कुरा गरेकी हुन् भन्ने अड्कल भने काट्न सकिन्छ ।

‘हिँड्दाहिँड्दै पर्चा दिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु’, कोमल वलीले आइतबार राति सामाजिक सञ्जालमा लेखेकी छने्, ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष केपी ओलीज्यूप्रतिको अभेद्य दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन, फोहोरी खेल नखेल्न अनुरोध।’