कोमल ओली कमल थापाको रा.प्र.पा मा प्रबेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कोमल ओली कमल थापाको रा.प्र.पा मा प्रबेश



काठमाडौं ।

 

लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे ।

आफ्नो सम्बोधनको अन्त्यमा थापाले म त्यसै छोड्नेवाला छैन भन्दै आफूसँग खुसीको कुरा रहेको बताए । लगत्तै उनले लोक गायिका, सञ्चारकर्मी वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिए । थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए ।

जन्म घर दाङ भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन् । उनले राजनीति नामक फिल्ममा पनि अभिनय गरेकी छन् ।