एनआरएन दक्षिण कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एनआरएन दक्षिण कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङ



मधुसुदन ओझा/दक्षिण कोरिया 
एनआरएन दक्षिण कोरियाको आज भएको छैठौ महाधिवेशनमा लक्ष्मी गुरुङ अध्यक्ष पदमा निर्वाचित भएकी छिन । कोरियाको राजधानीको सिओलको हिस्ट्री एण्ड कल्चर स्थित चुङगु कुकमिन हवेगानमा भएको महाधिवेशमा कुल मतदाता २ हजार २ सय ८३ मध्ये ६३ प्रतिशत अर्थात १४ सय ७४ जना मतदाता ले मतदान गरेको निर्वाचन मण्डलमा संयोजक केपी सिटौलाले जानकारी गराएका थिए ।
त्यस्तै आईसीसीको दुई प्रतिनितधीमा प्रकाश धमाला र लोचन राई निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ निर्वाचित भएका छन्, उपाध्यक्षमा साजन शर्मा,जीवन कुमार थापा र अमृत राई निर्वाचित भएका छन्, भने महासचिवमा ईन्दिरा तिवारी निर्वाचित भएकी छिन ।
सचिवमा नेत्र नारायण पौडेल र नविन पूडासैनी निर्वाचित भएका छन । अर्का सचिव पदको मत गणनामा नविन पूडासैनी र भरत राज सुवेदी बराबर मत भएपछि गोलाप्रथा द्धारा नविन पूडासैनी मनोनित भएका छन् ।
कोषाध्यक्षमा लोक बहादुर बानिया निर्वाचित भएका छन् भने सह -कोषाध्यक्षमा जीत बहादुर थापा सारु मगर निर्वाचित भएका छन । सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बु,सकिन श्रेष्ठ, विजय रेग्मी र देबेन्द्र पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै युवा संयोजकमा सन्तोष कुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भएका छन् ।
एनआरएन दक्षिण कोरियाको निर्वाचन विधुतीय प्रणाली बाट भएपनि परिचयपत्र प्राप्त गर्न निकै समस्या भएको थियो घण्टौ लाइन मा लाग्नु पर्र्यो भने कतिपयको परिचयपत्र समेत भेतिएन । मतदाताहरु निकै अन्यौलमा पार्नुको साथै  अव्यवस्थित  रहेको गुनासो आएको  थियो।