कोरियामा मुक्तक वाचन र स्रस्टा भेटघाट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कोरियामा मुक्तक वाचन र स्रस्टा भेटघाट



जून,११सौल

 

गत आइतबार कोरियाका स्रस्टाहरुले एकत्रीत भइ आफ्ना जोशिला मुक्तकहरु प्रस्तुत गरिरहँदा गर्मि बढ्दै गएको यो मौसममा हल्का शितलताको आभास भएको थियो। “यति कुरा कसम खाएर भन्छु सरकार श्रमको सम्मान भए गोठालो बन्छु सरकार पहिला मुस्ताङे स्याउको बजार बनाएर देखा अनि खेतबारी खरबारी खन्छु सरकार !” मुक्तककार डि आर न्यौपाने “सुर्य”ले यि माथिका जोशिला मुक्तकहरुद्वारा सृजनशिल यूवाहरुको कान नसुन्ने बहिरो सरकारको काँन फुक्दै गर्दा अर्का मुक्तककार महेन्द्र के.सि.ले गलत राजनैतिक/सामाजिक प्रवृत्तिप्रती आफ्ना मुक्तक मार्फत यसरी रोस प्रकट गरे- “गर्भवती नै हो कि के हो, नौ नौ महिनामा सरकार गिर्छ खोक्रो रास्ट्रबाद छाँट्दै गयो, अर्को सिंहदरबार छिर्छ हो म त्यस्तो लोकतान्त्रिक मुलुकको नागरिक हुँ जहाँ समाजसेवी गाली खान्छ,हत्याराले तक्मा भिर्छ !”

त्यसैगरी आफ्ना जोशिला मुक्तकहरु प्रस्तुत गर्नेहरुमा यल्जी विवश, धरती कल्पना,बिश्नु वाग्ले, कुमार गौतम,राम केसि नयन,सन्जय घिमिरे,राज बिबश सुबेदी,रोधुङ यायावर,मणि भुसाल, शायद कृश्ण राई, प्रमोद गौतम आदि रहेका थिए भने उद्घोषक सरोज सर्वहारा ले भुपी शेरचन र शेखर अस्तित्वको शक्तिशाली मुक्तकहरु बोलेका थिए।

आईतबार कोरियाको औद्योगिक शहर थेगुमा अवस्थित तारा रेस्टुरेन्टमा नेपाली मुक्तकको बिकास र बिस्तारका निमित्त कृयाशिल नेपाल मुक्तक प्रतिस्ठान, कोरिया साखाको आयोजनामा सम्पन्न भएको “स्रस्टा भेटघाट र मुक्तकवाचन” समारोहको प्रमुख अतिथी नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवश हुनुहुन्थ्यो भने प्रतिस्ठानका अध्यक्ष सन्तोस अम्गाई सभापति रहेको उक्त कार्यक्रममा प्रतिस्ठान कोसाध्यक्ष बिश्नु वाग्लेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतिस्ठान सचिव सरोज सर्वहाराको दमदार उद्घोषण मा सम्पन्न उक्त कार्यक्रममा नेसास पुर्व अध्यक्ष धरती कल्पना तथा समाजसेवी एवं थेगु शेल्टर संयोजक सुरेश खत्री अतिथी रहनुभएको थियो।

“यसरी नै यो क्रम चलिरहन्छ मृत्यूले जिन्दगी छलिरहन्छ छरिहाल चाँडै, जिवन हो ज्योति, मैन झै हरप्रहर गलिरहन्छ…” प्रमुख अतिथी यल्जी विवशले योसँगै अरु दुई मुक्तक र एक कविता पाठ गर्नुभयो।”यस्तो किसिमको जमघट र कार्यक्रमले बिस्वभरी छरिएर रहेका नेपाली जातिको भासा र साहित्यको प्रबर्द्धनमा ठूलो टेवा पुग्दछ” मन्तव्यको क्रममा यल्जी बिवश को भनाई थियो-“र यस्तो कार्यक्रम नेपाली जहाँजहाँ पुग्छौं, त्यहाँ त्यहाँ गर्नु आबश्यक छ।” उहाँले नेसासद्वारा बिश्वभरी छरिएर रहेका प्रखर नेपाली कविहरुलाई समेटेर चाँडै नै एउटा महत्वपूर्ण कवितासंग्रह प्रकाशन गर्ने कुराको पनि घोषणा गर्नुभयो।

त्यसैगरी नेसासको पहिलो गितिसंग्रह “सहयात्रा” को दोस्रो भाग “सहकार्य” पनि नेसास ले सिघ्र प्रकाशन गर्न लागेको खुलासा गर्नुभयो। समारोहमा बोल्दै अर्का अतिथी साहित्यकार धरती कल्पनाले नेपाल मुक्तक प्रतिस्ठानको उर्जाशिल यो टिमले नेपाली मुक्तक को क्षेत्रमा अतुलनिय योगदान दिने बिस्वास गर्दै प्रतिस्ठान को हरकार्यमा आफू सरिक हुने प्रतिबद्धता जनाउनुभयो भने अर्का अतिथी समाजसेवी शुरेश खत्रीले प्रवासको व्यस्त समयबाट बँचेको समय यस्तो सृजनशिल गतिबिधिहरुमा खर्च गर्दा डिप्रेसन कम हुने र कोरियामा बढ्दै गैइरहेको आत्महत्या जस्ता घट्नाहरुमा कमि आउने बिस्वास ब्यक्त गर्नुभयो ।

“तिम्रो खुशिमा जानाजान बाधा बनाएँ भनेँ अनि तिम्रो लागी आफैलाई आधा बनाएँ भनेँ के भनेर मन बुजाउछ्यौ,तिमि आफै भन्द्यौ पृया कृश्णले झै रुक्मिणी र राधा बनाएँ भनेँ ।…” कार्यक्रमका सभापति एवं प्रतिश्ठान अध्यक्ष सन्तोस अम्गाईले यस्तै तीनचारवटा मुक्तक मात्र सुनाउनुभएन, मुक्तक लेख्ने तरिका र पद्धति पनि उदाहरण सहित प्रस्तुत गर्नुभयो। उहाँको दावी थियो- “एउटा चार लाइनको मुक्तकले सिंगो उपन्यास वा लामो कविताको भाव प्रस्तुत गर्न सकिन्छ।”

अर्का मुक्तकार बिश्णु वाग्लेले बर्तमानमा प्राय प्रयोगात्मक मुक्तकहरु नै बढी लेखिईरहेको आँकलन गर्नुभयो। यसरी मुक्तकबारे बहसको साथमा भव्य रुपमा यो कार्यक्रम सफल भएकोमा अध्यक्ष अम्गाईले सबैलाई धन्यबाद दिदै खुशी व्यक्त गर्नुभयो।कार्यक्रम करिब तीन घण्टासम्म जारी रहेको थियो।