कोठा नम्बर १०३ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कोठा नम्बर १०३



नबिन पन्त

गायत्री आश्रमको वाटिकमा बालबालिकाहरुसँग लुकामारी खेल्दै थिए, उनीहरू जस्तै केटाकेटी भएर। उनीहरूसँग खेल्दा आफ्नै बालस्मृति ताज भएर मनमा आउने गर्छ। मेरा आँखा बाधिएका थिए, परको कुर्चीमा फोन घ्यार घ्यार गरेको रहेछ , आश्रम कै एउटा बाबुले” मामु फोन आएको छ” भनेर फोन लिएर म तिर दौडिदै आयो। नम्बर अपरिचिती थियो। हेल्लो! भन्ने बितिक्कै उता वटा नमस्कार श्रुति ! बोल्दै हुनुहुन्छ भनेर प्रश्न आयो। आफू श्रुति नै भएको जानकारी दिए। म राधिका ,लेखिका हु । केही औपचारिक कुरा पछि राधिकाले भनिन ” विजयको डायरीमा तपाईँ गायत्री आश्रमको पूर्ण रेखदेख गरेको र उसको मिल्ने साथी भएको कुरा उल्लेख थियो त्यसैले सम्पर्क गरेको। ”

मैले हरेक दिन पुज्ने ‘विजय’ मन भित्र सधैँ भगवान् भएर बसेको छ। उसको नाम धेरै वर्ष पछि सुन्दै थिए । उता बाट राधिकाले आग्रह गरेर भनिन “मलाई तपाईसँग भेट्नु छ , सम्भव छ होला ?” उनको प्रस्तावलाई मैले सजिलै स्वीकार गरे। हामी अर्को दिन आश्रम मै भेट्ने कुरा भयो। जुन विजयले अनाथ बालबालिकाको संरक्षण गर्न धेरै वर्ष पहिला देखि सञ्चालन गरेको थियो। अर्को दिन समय मै राधिका आईपुग्नि , मैले अफिसमा लिएर गए। सामान्य कुराकानी भयो , बालबालिका र आश्रमको बारेमा समेत संबादहरु भए । कुराकानीको क्रममा उनले भनिन ” श्रुति! तपाईसँग एकान्तमा विजयको कुरा गर्नु छ।” यहाँ होइन कतै एकान्तमा।

कस्तो कुरा होला?

” विजयको एउटा सपना थियो उपन्यास लेख्ने , तपाईँ पनि उसको सडक दुर्घटना भएको कुरा जानकार नै हुनुहुन्छ त्यसैले उसको सपना पुरा गर्ने सोचमा छु । विजयको डायरी बाट तपाईँ पनि उसको जीवनको महत्त्वपूर्ण पात्र हुनुदो रहेछ भन्ने थाहा भयो। त्यसैले तपाईँ र विजयको कुराहरू सुन्न चाहन्छु ।

हेर्नुस राधिका , मैले अतीतलाई बिर्सेर धेरै अगाडी बढी सकेको छु , विजयले दिएको एउटा जिम्मेवारी पुरा गर्दै छु फेरी तपाईहरु मलाई किन पछाडि धकेल्दै हुनुहुन्छ। राधिका र मेरो धेरै लामो कुरा भयो र अन्त्यमा यदि काल्पनिक कथामा आधारित भनेर उपन्यास प्रकाशित हुने भए बताउने सर्त उनीलाई राखे। उनीसँग अरू उपाय पनि थिएन त्यसैले मेरो कुरामा सहमति भईन। हामी बेलुका एउटा जङ्गल भित्र रहेको रिसोर्टमा भेट्ने कुरा भयो। राधिका र मसँगै गयौ। होटेलमा पुगे पछि हामी खानपिन गरेर सुत्ने तरखर गर्दै थियौ। त्यति बेला राधिकाले सोधिन ” श्रुति तपाईँहरूको भेट कसरी भएको थियो विजयसँग ।
ऊसँगको पहिलो भेट अरूसँगको भन्दा केही भिन्न थियो। तै पनि मनमा विजय एउटा ग्राहक नै हो भन्ने थियो , “आयो योबनको बासना पछ्याउदै ” त्यति बेला मेरो मानसपटलमा घुमेको वाक्य यहीँ थियो। बेडमा बसेर केही लेखिरहेको थियो , यति बेलासम्म अरूले गिद्धले सिनो लुछे जस्तै मेरो शरीरका मासुहरु चुडाल्न खोजी सकेका हुन्थिए। तर ऊ बेडमा बसेर कलमले केही अक्षरहरु कोर्दै थियो। एकासी उठेर रुदै आफै बर्बराउन लाग्यो ” “जीवन पनि एउटा चलचित्र जस्तै रहेछ। कलाईमेक्स नै कलाईमेक्स। साला ! यस संसारमा सबैले नाटक गरिरहेछन जस्तो लाग्छ। फरक फरक भूमिकामा। ” अन्य ग्राहक यति बेला सम्म सिथिल भएर सुतेका हुन्थिए तर उसले मलाई झम्टने कुनै सुरसार पनि गरेको थिएन। एक्लै बर्बराउदै चिचाउदै गर्दा मलाई कता कता पागल हो कि भनेर मनमा डर पनि लागेको थियो।

होटलको कोठा बाट बाहिर हेर्दै एक्लै टोलाएर बसिरहेको ऊ आँखा भरि आँसु निकाल्दै चुरोट सल्कायो र फेरी केही लेख्न लाग्यो। अनि मैले नै उसलाई सोधे ” तपाईँको काम गर्ने होइन ? छिटो गर्नुस मलाई अरू पनि काम छ “। “अब तिमीलाई कुनै पनि काम गर्नु पर्दैन ” उसले छोटो जवाफ दियो र फेरी लेखाइलाई निरन्तरता दियो। “तपाईँको नाम के हो ?” धेरैले मेरो नाम सोध्ने गर्थे तर मैले अनौठो प्रतिक्रिया देखेर आफैले उसको नाम सोधे। चुरोटको अर्को सर्को तान्दै भन्यो ‘ विजय’। नाम विजय भए पनि जीवनमा कहिले पनि विजय हुन नसकेको जस्तो थियो। एउटा झोला, झुस्स दाह्री पालेको खय़ाऊटे अनुहार सहित पहिलो भेट भएको थियो।

“तिम्रो कोठा परिवर्तन हुँदै छ आज देखि ” उसले कलम बन्द गर्दै मेरो आँखामा पहिलो चोटि आँखा जुदाएर कुरा गर्‍यो। मैले अनौठो मान्दै सोधे ” किन ?”। मैले तिम्रो मालिकसँग कुरा गरी सकेको छु , अब तिमीले यस्तो काम गर्नु पर्दैन।

विजयको बारेमा त्यसको अघिल्लो दिन पनि मुनाले मलाई बताएकी थिई। उसले भनेकी थिई ” तलाई अब सबैसँग सुत्न पर्दैन , एउटा मात्र ग्राहक हुने भयो, अघि एउटा मान्छे आएर दाइसँग कुरा गरेर गएको छ “।पछि थाहा भयो , हाम्रो होटलको अगाडी एउटा गजल वाचन कार्यक्रम रहेछ त्यही समय बाहिर मलाई घाम तापीरहेको देखेको रहेछ। मुनाको कुरा सुन्दा मनमा लागेको थियो ” यस्ता नाटककारहरु योबनको बास्ना पछयाउदै कति आउछन कति , अनि प्यास मेटिए पछि साईजमा आई हाल्छन्।”

विजयले यस्तो काम गर्नु पर्दैन भने पछि मैले कुनै प्रतिक्रिया दिएको थिएन , म मौन भएर आफ्नै मनमा कुरा खेलाउदै बसिरहेकी थिए। अनि उसले नै भन्यो ” भोलि देखि तिमी कोठा नं १०३ मा बस्नु , अहिले जान्छु भोलि भेटौला “। घर्याक्क ढोका खोल्दै गयो , मेरो मन धेरै पछि फेरी छटपटाउदै थियो। को हो यो मान्छे भनेर प्रश्नहरू खेली रहे।भाग्यले होटेल सम्म धकलेको थियो फेरी के हुँदै छ भन्ने सोचमा रनभुल्ल भए।

मध्यरातमा रिसोर्टको बाहिर पट्टि भ्युगता ट्वार ट्वार गर्दै कराएको आवाज हामीले सुनीरहेका थियौ तर पनि राधिका र मैले ती कुराहरूको प्रवाह नगरी विजयको बारेमा कुरा गर्दै थियौ ” कसरी आएकी थियौ त्यो होटेलमा “राधिकाले अर्को प्रश्न सोध्नु भयो।

म त्यो होटेलमा लामो समय देखि थिए ,त्यहाँ सम्म आई पुग्नु पनि छुट्टै कथा व्यथा छ। म सभ्रान्त परिवारको छोरी, बाल्यकाल राजकुमारीको जस्तै थियो। सपना डाक्टर बन्ने थियो तर कण्डक्टरको भन्दा नि तल्लो जीवन गराई दियो भाग्यले ।

राधिका अर्को बेडमा पल्टेर मलाई ती अतीतका कुराहरू सोधी रहेकी थिइन ,मेरा कुराहरू सुन्दै बिचमा उठेर कफी गराईन । हामी दुवैको बेडको बिचमा भएको टेबलमा कफी राखी इसाराले मलाई पनि खान भन्दै अर्को प्रश्न राखिन ” तिमि त्यस्तो परिवार बाट कसरी पुग्यौ कोठा नम्बर १०३ मा ?

जीवनको आरोह अवरोह सहितको यात्रा चल्दै थियो त्यहीँ यात्रामा कोठा नम्बर १०३ को सफर विजय ड्राइभर भएर पुराएको हो , पहिला त्यस होटेलमा हरेक ग्राहकहरुको जवानीको प्यास मेटाउने गर्थिए। जब विजय भेट भयो उसले मेरो होटलवालालाई मासिक रूपमा पैसा दिएर त्यो कोठा मेरो लागी मात्र बस्ने व्यवस्था गरेको थियो । विजयको होटेल बालासँग सर्त थियो – मैले होटेलमा अन्य काममा सहयोग गरे पनि अरूसँग सुत्न नपर्ने र मेरो लागि कोठा नम्बर १०३ हुने ।

त्यहाँ पुग्नुको पछाडिको कथा के थियो श्रुति ? टेबलमा राखेको कफी खादै पत्रकारले जस्तै राधिकाले मेरा जीवनका व्यथाहरु खोतल्दै गईन।
– म काठमाडौँमा हुने खाने परिवारमा जन्मिए। हामीलाई कुनै कुराको पनि कमी थिएन। हाम्रा हरेक चाहनाहरु सजिलै पुरा हुने गर्थिए। त्यसै क्रममा कलेज जीवनमा मेरो भेट ” अंकित ” सँग भयो। ऊ र म प्रेममा थियौ। जब हाम्रो सम्बन्ध नजिक हुँदै गयो तन, मन सबै साट्यौ। अंकितको परिवार मध्यम बर्गीय परिवार थियो , मैले पढ्ने कलेजमा स्कोलार्शिपमा पढीरहेको थियो।

दिनहरू प्रेममय बन्दै थिए। प्रेममा डुबी रहेको मैले थाहा पाए म प्रेगेन्ट भएको रैछु। मैले यो कुरा अंकितलाई सुनाए। ऊ एकदमै डराएको थियो। मेरो शरीरको बनोट बिस्तारै बढ्दै थियो , मैले मुवा हजुरलाई सबै कुरा बताए तत्काल प्रतिक्रिया दिँदै उहाँले मलाई झाप्पड हान्नु भयो अनि अंकितको बारेमा उसको ठेगाना र सबै कुरा माग्नु भयो। म डराएर लुगलुग काम्दै थिए सबै कुरा दिए । त्यस दिन पछि अंकित मसँग सम्पर्कमा कहिले पनि आएन। उसलाई मार्ने सम्मको योजना घरमा भएको कुरा भान्से दिदीले बताएकी थिइन। सायद त्यही डरले ऊ भागेर कतै गयो सधैको लागि।

चैतको महिना रुखका पातहरू खस्दै थिए। हुरी लाग्दा सुकेका पातहरू उडीरहेका हुन्थिए। हरिया लोभ लाग्दा रुखहरु पात बिना ख्याउटे भएर उभिरहेका थिए म जस्तै। घरमा मलाई बच्चा फाल्नको लागि दिन दिनै दबाब थियो। मैले जुन कुरा सधैँ अस्वीकार गरिरहे र अंकितको आगमनको सपनामा डुबी रहन्थिए । घरमा दुई सर्तको हुकुम भयो बुवाहजुर बाट कि घर छोडेर जाने कि बच्चा फाल्ने। मैले घर बाट जाने निर्णय गरे। बुवा हजुरले त्यो घरको ढोका सदाको लागि बन्द भएको र उहाहरुको लागि म मरेको सरह हुने कुरा बताउनु भयो। त्यस महल भित्रका हरेक स्मृतिहरुले मलाई छोपीरहेका थिए। बगैचाका फूलहरुले मलाई तानी रहेको जस्तो हुन्थियो। घरको कुकुर त्यस दिन मेरो खुट्टा वरिपरि आएर घुमीरहेको थियो। तर पनि अंकितलाई खोज्ने लक्ष सहित जीवनको नयाँ अध्याय सुरु गर्दै थिए।
अनि अंकित भेटियो ? दिदीले लामो सास फेर्दै ,जीवनका तितो करेला भन्दा नि तिता जीवनका हिडीसकेका ,ती कठिन मोडहरुमा स्मृतिको ढुङ्गा बाट यात्रा गराउदै थिइन।

– पहिले जब म बाहिर हिँड्ने गर्थिए , मेरो लागि पर्सनल सेकुरेटी, ड्राइभर हुने गर्थे । मलाई सुखको कहिले कमी महसुस भएन। पहिलो चोटि घर बाट पैदल बाहिर निस्कदै थिए। कहिले पनि बाहिरी संसारसँग परिचित नभएको म , त्यस माथि पेटमा हाम्रो प्रेमको आकुरा हुर्कदै थियो। अंकितलाई भेट्ने आशामा उसका हरेक साथीको घरमा पुगे , उसको परिवारमा पुगे। त्यहाँ थाहा पाए , सबै परिवार नै बसाई सारेर नेपाल छाडी सकेको रहेछ।

त्यो पल मलाई पृथ्वीले थीचि रहेको जस्तो आभास भयो। घरको लागि मेरो ढोका सदाको लागि बन्द छ , पेटमा बच्चा छ , अंकित नभेटिने लगभग पक्का पाकी छ , म रुन पनि सकिन। दिमाग सुईले घोचे जस्तो टनकिदै थियो, आँखा अगाडीका दृश्यहरू धमिला बन्दै गए। तर पनि उसलाई खोज्ने हिम्मत जुटाउदै मनलाई आफैले समले।

त्यस साँझ एउटा मिल्ने साथीकोमा गए । मलाई देख्ने बित्तिकै ऊ डराई , हतार हतार ढोका खोल्दै उसको कोठामा लगी र मलाई भनी ” श्रुति एउटा कुरा भन्नु छ , दिउसो मुवा साहेब यहाँ आईबक्सेको थियो तलाई खोज्दै, तलाई मार्नको लागि बुवा बाट हुकुम भएको रहेछ त्यसैले त यहाँ आए यो पैसा दिएर टाढा जान मुवाले भनिसेको छ। सहर भरि तेरो खोजी भएको छ त्यसैले यहाँ बाट टाढा जा। अन्य मान्छेले देखे भने तलाई गाह्रो हुन सक्छ। बुवा हजुरलाई आफ्नो सन्तान भन्दा प्रतिष्ठा प्यारो भए पनि मलाई भने पेटमा हुर्किदै गरेको मेरो बच्चा प्यारो लाग्यो। त्यसैले कसैले नाचिनोस भनेर आफ्नो पहिरन सबै परिवर्तन गरे र त्यस रात नै म त्यो सहर छोडेर हिडे दार्जिलिंग तिर। हुर्कीरहको बच्चासँग मन मनै कुरा गर्दै मैले यात्रा गर्दै थिए। उसलाई मैले प्रतिष्ठा भन्दा प्रेम ठुलो हुन्छ भन्ने कुरा सिकाउनु थियो। एउटा मनले अंकितलाई खोज्ने ,र हाम्रो बच्चालाई जन्म दिएर एउटा खुसी जीवन बिताई रहेको सपना बुन्दै थियो अर्को मनमा बाल्यकाल देखिको त्यो घर, रगतको सम्बन्ध सबै छोडेर हिड्दाको पिडा थियो।

अतीतका ती स्मृतिमा यात्रा गर्दा मेरा ती व्यथा राधिका दिदीले महसुस गरेको हुनुपर्छ त्यसैले आँखा रसाएका थिए। ती काडै काडाले भरिएको यात्रा सुनाउदा आफै पनि बेला बेला भाकनिए। राधिकाले मलाई अर्को प्रश्न गर्नु भयो ” बच्चा तपाईसँगै आश्रममा छ त ?”सायद उनले म भकानिएको देखेर मेरो सुखद पक्ष कोटाउने प्रयत्न गरिन तर राधिकालाई के थाहा , यी टेलर मात्र हुन् फ्लिम बाँकी नै छ भन्ने।

भगवान् पनि यति निर्दयी भई दियो कि मेरा हरेक सपनाहरू चुडालदै मलाई अग्नि परीक्षामा हाल्दै थियो। त्यस दिन मेरा मनसंगै आकाश पनि रोईरहेको थियो। आकाशको रुवाई यति ठुलो भयो कि घर्ति नै डग मगाउदै थियो। पहाडका बाटो माथिका पाटाहरु पहिरो बनेर झर्दै थिए। गाडी चालकलाई भारी वर्षाले गर्दा गाडी चलाउन पनि गाह्रो भएको थियो। त्यसैले बिच बिचमा रोक्दै चलाउदै गरी रहेको थियो। मेरो अर्को सिटमा मुना भन्ने महिला थिइन , ऊ नेपाल गएर फर्किदै थिई। गाडीमा हाम्रो सामान्य परिचय मात्र भएको थियो। ऊ दार्जिलिंग कै होटेलमा काम गरेर बिरामी बुवा आम र भाइ बहिनी पढाई रहेको बताएकी थिई। त्यस दिन मुनाले सोधी तिम्रो नाम के हो ” मैले आफ्नो परिचय लुकाएर भनेको थिए ” म श्रुति” त्यहाँ बाट सुरु भएको थियो मेरी नयाँ परिचय।जुन परिचयले आज सम्म बाचीरहेको छु। परचिय परिवर्तन गरे पनि मन भित्रको घाउ अझै बल्झिदै थियो।

नेपाल बाट सीमा काटेको केही समय पछि हाम्रो गाडी दुर्घटना भयो। जब म होसमा थिए , त्यहीँ मुना मेरो साईडमा थिई। उसलाई सामान्य चोट लागेको रहेछ तर मलाई भने उठ्दा पेट दुखी रहेको थियो। डाक्टरले नजिकै आएर मुनालाई सोध्यो ” तपाईँ उहाँको आफन्त हो ?” उसले होइन , गाडीमा सँगै आएको भनेर बताई। डाक्टरले म तिर हेर्दै फेरी मलाई सोध्यो ” तपाईँको आफन्त कोही हुनुहुन्छ ? ” मैले आफ्नो कोही नि नभएको र श्रीमानको केही महिना अगाडी देखि बेपत्ता भएको बताए। उसले सान्त्वना दिँदै भन्यो ” तपाईँलाई एक दुई हप्तामा ठिक हुन्छ तर तपाईँको पेटमा भएको गर्भ पतन भएको छ दुर्घटनाले पेटमा पुराएको दबाबले। आँसु थामिएनन श्वास नै अड्किए जस्तो भयो, म चिचाई चिचाई रुदै थिए मलाई डाक्टर, नर्स र मुनाले सम्झाउदै थिए। मेरो पिडा बुझ्न सक्ने कोही पनि थिएन उनीहरू केवल देख्थे त आँखाको आँसु र मेरो चिच्चाई। कालो बादलले छोपे जस्तो भयो। म यस्तो परिबन्धमा फसे ,मर्छु भनेर पनि मर्न सक्दिन थिए वरिपरि डाक्टर, नर्स र मुना मेरो रेखदेखमा जुटेकी थिई।

अनि होटेलमा कसरी पुग्यौ ? राधिकाले मेरो जीवनका केस्रा केस्रा केलाउदै थिइन।
– हस्पिटल बाट डिस्चार्ज गरेर मुनाले आफ्नो कोठामा लिएर गई। मुनालाई पनि आफ्नो परिचय लुकाएकी थिए। श्रीमान् हराए पछि आफू नै काम गरेर अगाडी बढ्न आएको उसलाई बताई दिए। शरीर मर्नु भन्दा अगाडी नै आफू मरी सकेको जस्तो लग्थियो। एउटा मरेको जिउदो शरीर बोकेर म गन्तव्य बिहिन यात्रा गर्दै थिए। उथलपुथल भएको मनलाई सम्झाउने सम्म ठाउँ थिएन, कुनै आशा दिउ भने पनि जीवनको दियो बाल्न न त बाति नै थियो न तेल। अंकित र हुर्कदै गरेको बच्चा दुवै म सँग थिएन्न। जीवनमा अब मृत्यु कुर्नु बाहेक केही छैन जस्तो मलाई लाग्थियो।

हस्पिटल बाट डिस्चार्ज भए पछि ज्युदो लासका तन्तुहरु तन्ग्रिदै थिए । मन भने काटेर ढलेको मुड़ो जस्तो भएको थियो पानी हाले पनि त्यहाँ पालुवा पलाउने कुनै आशा थिएन । न घरको कामको सिप थियो नत् बाहिरको कामको अनुभव। त्यस बेला थाहा भयो एउटा सम्पन्न परिवारमा म मेसिन भएर बाचीरहेको रैछु सबै कुरा अरूमा आश्रित । घरमा खाना पकाउने काम देखि सबै बिस्तारै मुनाले सिकाउदै गई। खाली खल्ती, भोको पेटले जीवन बाच्न सिकाउदो रहेछ त्यसैले काम खोज्न धेरै ठाउँ गए तर केही सिवाय लागेन।

मुनाले आफूले काम गर्ने होटेलमा पनि कामको लागि भनी। महिनौ पछि , एउटा केटीले छोडेर गएको बेला त्यहाँको काउन्टरमा काम दिने भनेर मलाई बोलाईयो। मुना पनि त्यहीँ काम गर्थी त्यसैले मलाई त्यहाँको सबै जानकारी दिएकी थिई। होटेल सहित योबनको तिर्खा मेटाउने ठाउँ थियो त्यो । मुनाले पनि ग्राहकको तिर्खा मेटाउने काम गर्ने मलाई पहिला नै बताएकी थिई। मलाई भने त्यस्तो काम नगर्न सुझाव दिएकी थिई। मुनाले घरमा चुरोट, रक्सी नखाए पनि होटेलमा खादी रैछ । एक दिन खान्छेस सबै टेन्सन दूर हुन्छ भनेर भनी , मैले त्यस दिन देखि मदिरा सेवन सुरु गरे। पिडा भुलाउन खाएको रक्सीले मलाई नै खादै थियो। अनि बिस्तारै नशा मै मेरो योबन सुम्पिदै गए। त्यस पछि ज्युदो लास माथि रजाई गर्नेहरुको ठुलो भिड जम्मा हुँदै गयो। मैले “म” को हो हुँ बन्ने बिर्सिदै गए।

अतीतका ती तिता च्याप्टरमा डुबीरहेको मलाई राधिकाको अर्को प्रश्नले झस्काई दियो । अनि विजयसँग नजिक कसरी हुनु भयो ? राधिका जब मलाई धेरै गाह्रो हुन्छ म अझै पनि चुरोट पिउने गर्छु। यसले दु:ख त मेट्दैन तर पनि केही आनन्द दिन्छ। जाऊ हिड्नुस बाहिर गएर अरू कुरा गरौला। बाहिर निस्कदा थाहा भयो अध्यारो रात पनि बिस्तारै सूर्योदय पर्खेर बसिरहेको रहेछ। घडीले ४ बजाई सकेको थियो , टाढा गाऊमा कुखुरा बास्न लागि सकेका थिए। अतीतको त्यो सम्झना र अनिदोले टाउको गरुङ्गो गराएको थियो। हाम्रो कोठा बाट निस्के पछि पोखरी थियो त्यसको बाया पट्टी राखेको काठको कुर्चीमा बस्यौ। चुरोटको धुवा आकाशमा मिसिदै गए पछि विजयसँगको भेटको बारेमा राधिकालाई भने।

पहिलो दिन विजय कोठामा आएर अनौठो रूपले गएको थियो। दार्जिलिंगको ठुलो गजलकार र गायक रहेको कुरा पछि होटलको दाइले भन्नु भयो।विगतमा दाइलाई पनि धेरै सहयोग गरेको रैछ त्यसैले पनि विजयको कुरालाई उहाँले सजिलै मान्नु भयो । विजयको आग्रहमा मैले कोठा नं १०३ मा बस्न लागे , पुराना ग्राहकहरू आउँदा पनि मैले कहिले पनि उनीहरू सुत्नु परेन।

विजय अनौठो थियो ऊ हरेक साँझ ७ बजे आउने गर्थियो र बिहानै उठेर जाने गर्थियो। कोठा नं १०३ उसको घर जस्तै भएको थियो , आउँदा मलाई फलफुल कपडा लिएर आउने गर्थियो। विजयले मलाई कहिले पनि प्यासी नजरले हेरेन। एक हप्ता बित्दै थियो अनि मैले सोधे ” तिमीले यो सबै किन गर्दै छौ ? ” तिमीमा मैले राजकुमारीको झल्को देखछु त्यसैले। जब उसको जवाफ सुने ,मन लग लग कपायो। विगतको एउटा यर्थाथ मैले बिर्सिएर बसेको थिए , अझै भनौ मलाई सम्झनु पनि थिएन। मेरो जीवन नै फरक भई सकेको थियो म त्यसैमा रमाउदै थिए। अचानक विजयले म राजकुमारी भएको कुरा सुनाउदा म झसङ्ग निद्रा बाट ब्युझिए जस्तै भए। ” को राजकुमारी ? मैले उसलाई प्रश्न गरे। उसले अगाडी टेबलमा रहेको ग्लासमा भएको व्हिस्की स्वाट्ट पियो र भन्यो “मेरी प्रेमिका” जुन तिम्रो अनुहारसँग मिल्छ।
को प्रेमीका मैले विजयलाई सोधे ?

‘विजय कसैलाई प्रेम गर्थियो लामो समय देखि , राजकुमारी भनेर नाम दिएको थियो आफैले। उसको अनुसार राजकुमारीको नाम गायत्री थियो। लामो समयको प्रेममा भए पनि गायत्रीले धोका दिएकोले प्रेमको वियोगमा तड्पीरहेको थियो।गायत्रीको प्रेममा यसरी डुबेको थियो उसले लेख्ने हरेक गीत ,गजल कविताहरुमा गायत्रीको प्रतिच्छाया दौडिरहेको हुन्थियो। विजय एक दिन अरू दिन भन्दा अगाडी नै कोठामा आईसकेको रहेछ , जब म कोठामा पस्दै थिए ऊ सुकसुक गर्दै रुदै थियो अनि मैले सोधे ” के भयो गायक ज्यू?” सानो स्वरमा भन्यो ” हिजो राती सपनामा फेरी गायत्रीलाई देखे।” कठोर भएको मन पनि उसको अवस्था देख्दा पग्लिएर आएको थियो। तिमी कहिले सम्म उसलाई सम्झेर बस्छौ ? उसले आखामा आँसु लुकाउदै भन्यो ” अन्तिम सांस सम्म। म उसको नजिक गए। त्यो बेला सायद पहिलो चोटि उसलाई मैले छुदै थिए । उसको हात समात्दै भने “हेर विजय यहाँ बिर्सेर जानेहरु तिम्रो यादमा तडपिएका हुदैनन् , तिमी त्यहीँ अतीत सम्झेर किन आफैलाई गाह्रो गराएका छौ।

सानो बालक आमाको छातीमा लुटुपुटिए जस्तै मेरो छातीमा टाउको राखेर मलाई च्याप्प छोपेर  ग्वा ग्वा रुदै भन्यो ” तिमीलाई लाग्छ मैले उसलाई त्यति सजिलै बिर्सन सक्छु श्रुति , मेरो मनमा डेरा जमाएर बसेकी छ। उसको अतीत छाया बनेर हरेक ठाउँमा पछाई रहेको हुन्छ। सपना देखि बिपनामा पनि उसकै कुराहरूले मन समुन्द्रमा आएको छाल जस्तै भएको छ घरी यता जान्छ घरी उता। विजयले चुपचाप गायत्रीलाई प्रेम गर्थियो। उसले गायत्री फर्किन्छे भन्ने कुनै पनि आशा राखेको थिएन। अतीतका यादहरुले उसलाई धेरै नै सताउने गर्थियो। गायत्री र मेरो अनुहार मिल्ने उसले बताएको थियो। आजको गायत्री आश्रम उसले त्यहीँ आफ्नी प्रेमिकाको नाममा गराएको हो।

त्यहाँ बाट आश्रममा कसरी पुग्नु भयो ? विजयको प्रेम पछि फेरी राधिकाको प्रश्न मेरो आश्रम सम्मको यात्रामा जोडियो र मैले उनलाई सुनाउदै गए।

– विजयले हाम्रो भेट भएको करिब ८-१० दिन पछि नै मलाई त्यहाँ बाट निकाल्न प्रयास गरेको थियो। तर मैले उसलाई विश्वास गरिन। आफैसँग त कुनै विश्वास थिएन उसलाई कसरी गर्नु। तर हरेक प्रयासहरू उसले गर्‍यो, मुनालाई पनि मैले सबै कुरा बताए। उसले पनि मलाई नयाँ जीवन सुरु गर्न सल्लाह दिई। बिस्तारै विजय र म पनि नजिक हुँदै थियौ।हामी दुवैले दुख बुझेकोले हुनु पर्छ हाम्रो कुराहरू पनि मिल्दै गए।

हामी कहिले पनि प्रेमी भएनौ एउटा पवित्र मित्रता थियो। ऊ सधैँ गायत्रीलाई प्रेम गर्थियो भने मलाई अंकितको यादले बेला बेला झस्काउने गर्थियो। विजयको आश्रम पहिले देखि नै सञ्चालनमा थियो। आश्रममा बालबालिकाको हेरचार गर्ने र त्यहीँ बस्ने व्यवस्था उसले नै गर्दियो। आश्रममा हुँदा पनि विजयले मेरो धेरै ख्याल गर्थियो। बिस्तारै आश्रमको सबै कुरा मैले नै समाल्दै गए। गायत्रीको कुराले उसको मनमा सधैँ हुटहुटि हुने गर्थियो। दुर्घटना हुने दिन पनि उसले गायत्रीको फोटोहरू हेर्दै टोलाएर बसी रहेको थियो। सायद ऊ बाईकमा हुकई रहेको बेला गायत्री कै सम्झनामा थियो त्यसैले अगाडीको गाडी देखेन गायत्री देख्यो ।

लामो सुस्केरा तान्दै राधिकाले लाज माने जस्तै गरी भनिन ” मैले पनि कहिले कहीँ लेख्दा चुरोट खाने गर्छु खै देऊ त !” मैले प्याकेट बाट २ वटा चुरोट झिकेर एउटा उनलाई दिए र एउटा मैले सल्काए। उनले चुरोटको सर्को तान्दै भनिन ” जीवन पनि यही चुरोटको धुवा जस्तै उड्दै उड्दै कहाँ पुग्छ , कहाँ बिलाउछ थाहा नै नहुने । बिहानीको मुधोरो प्रकाश बिस्तारै खुल्दै थियो अनि हामी कोठा भित्र छिर्दै थियौ। राधिकाले मलाई देखाउदै भनिन “यो रिसोर्टमा नि कोठा नं १०३ रहेछ हेर त।”