ओलीले मुख खोले:- संघियता र आरक्षण हामीलाई आबश्यक छैन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीले मुख खोले:- संघियता र आरक्षण हामीलाई आबश्यक छैन



काठमाडौं, २१ मंसिर
कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै आफूहरुले संघीयता नै नचाहेको ओलिले बाताएका छन । उनले एमाले मात्र नभई नेपाली कांग्रेस पनि स्थापनाकालदेखि नै संघीयता विरोधी रहेको स्पष्ट गरे ।

‘ दुवै पार्टीको धारणा के हो भने यति सानो देशमा संघीयता आवश्यक पर्छ भन्ने नलागेकै हो’, ओलीले भने, ‘पुष्पलालले, बीपी कोइरालाले, मदन भण्डारीले संघीयता नसुनेर थाहा नपाएर दुनियाँको शासन प्रणालीमा जानकारी नभएर होइन, तर नेपालको सन्दर्भमा आवश्यक छ भन्ने नलागेरै हो ।’

ओलीले आफूहरुले पनि संघीयता थाहा नपाएर नजानेर होइन नेपालको सन्दर्भमा विविधताले भरिएको सानो देशमा आवश्यक नभएरै संघीयता आवश्यक नठानेको स्पष्ट गरे । विविधताले भरिएको देशमा संघीयता उपयुक्त नलागेर नै नउठाएको भए पनि बीचमा जबर्जस्त रुपमा संघीयताको आवाज उठेको ओलीले बताए । असन्तुष्टी राखिरहन भन्दा यसलाई स्वीकार गरेर जाँदा समस्याको समाधान होला भनेर संघीयता स्वीकार गरेको पनि ओलीले खुलासा गरे ।

ओलीले संघीयता आयातित भएको समेत बत्ताए ।
‘एक पल्ट गरियो, जे गरियो ठीक छ भनेर जिद्दी गरेर बस्नु हुँदैन । जे गरिएको छैन, त्यो गर्नु हुँदैन भन्ने कुरा पनि होइन । ००७ साल, ०१५ साल र ६२-६३ मा पनि संघीयता माग गरिएको थिएन, आन्दालनको माग थिएन’, ओलीले भने, यो धेरै वटा कुराहरु आयातित छन्, जो हामीले समस्या समाधानका लागि भनेर लोकतन्त्रलाई संस्थागत गर्ने लोभमा र संविधान पनि ल्याउँ भन्ने अर्थमा स्वीकार गरेका हौं ।’

जातका आधारमा भागबण्डा दुनियाँको कुनै देशमा पनि नभएको ओलीले बताए । शासन ब्यवस्था जातका आधारमा, विद्यार्थी जातका आधारमा पढ्न पाउने, डाक्टर इन्जिनियर जातका आधारमा हुने भन्ने ओलीले शिक्षाको उदाहरण दिए ।

‘हामी मेडिसिन पढाउँछौं, ८२ प्रतिशत ल्याएका हामी जातका आधार भएनौं, ५२ प्रतिशत ल्याएको आरक्षण भनेर पाउँछ’, ओलीले प्रश्न गरे, ‘मेडिसिन पढ्ने, जसले हाम्रो अपरेशन गर्छन, ८२ र ५२ प्रतिशत एउटै हो ट्यालेन्टशीप ? आरक्षणका विषय पनि आयातिक भएको ओलीले स्पष्ट गरे ।
उनले नेपाल अल्पसंख्यकहरुको मिश्रित आवादीको देश भन्दै एमाले अध्यक्ष ओलीले जातका रुपमा विद्वेश फैलाउने गरिएको काम जनताले अस्वीकार गरेको दाबी गरे ।