ओलीको अर्को गर्जन कुनै हालतमा चुनाव सार्न नदिईने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीको अर्को गर्जन कुनै हालतमा चुनाव सार्न नदिईने



काठमाडौं : प्रमुख विपक्षी एमालेले वैशाख ३० मा निर्धारित स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धन लागिपरेको निष्कर्ष निकालेको छ। केन्द्रीय सचिवालयको सोमबार राति बसेको बैठकले उक्त षड्यन्त्र निस्तेज पार्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको थियो।

बैठकमा बोल्दै ओलीले भने सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाएका छन् । विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र नगर्न ओलीले चेतवानी समेत दिएका छन् यदि चुनाव सर्ने षड्यन्त्र भयो भने हामी तेसको बिरुद्धमा उत्रने छौ र कुनै हालतमा चुनाव सार्न दिने छैनौ !

यसैगरी एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन सार्ने सत्ता गठबन्धनको योजना विफल बनाउन प्रतिवाद गर्ने बताए। ‘सरकारले २०७९ वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ। त्यसको हामी कडा प्रतिवाद गर्छौं। कडा विरोध गर्दछौं। चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,’ नेता गुरुङले भने, ‘सबै कमिटीलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि
दिएका छौं।’

गठबन्धनमा सकस आएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सहभागी गराउने बहानामा निर्वाचन सार्न प्रयत्नरत रहेको एमालेको निष्कर्ष छ। गठबन्धनका विषयमा सत्तारुढ दल एक मत हुन सकेको छैन। उम्मेदवारी दर्ता गर्ने दिन आइसक्दा महानगर र उपमहानगरमा तालमेल हुन सकेको छैन। निर्वाचन आयोगसँग पनि यस विषयमा पटक–पटक गठबन्धनले छलफल गरेको छ। कानुनमा राम्रो दखल भएका गोबिन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाउनुको ध्येय निर्वाचन सार्न नै भएको टिप्पणी भइरहेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी वैशाखमा निर्वाचन गर्ने पक्षमा थिएनन्।

यो सरकारले चुनाव गराउन चाहेको छैन । विलप्वलाई देखाएर चुनाव सार्ने षड्यन्त्र नगर्नुहोस्। बरु चुनाव पनि सार्न नपर्ने र विप्लव समूहको नेकपा पनि निर्वाचनमा भाग लिन पाउने विकल्पमा जाऔं उनले भने ।