सहमति र सहकार्यका माध्यमबाट संविधानको कार्यान्वयन गर्न जोड:ओली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सहमति र सहकार्यका माध्यमबाट संविधानको कार्यान्वयन गर्न जोड:ओली



काठमाडौँ,  माघ १ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माघेङ्क्रान्ति/ माघी पर्व २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मगर, थारु र छन्त्याल समुदाय एवम् सम्पूर्ण नेपाल दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले माघे सङ्क्रान्ति (माघी पर्व)ले नेपालको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ र बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।“द्वन्द्व र असहमतितिर उन्मुख भइरहेको नेपालको राजनीतिलाई सहमति र सहकार्यका माध्यमबाट संविधानको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वमार्फत नेपालको आर्थिक समृद्धिको दिशामा अघि बढ्न यो पर्वले सबैलाई प्रेरणा दिनेछ ।”सन्देशमा उल्लेख छ । रासस