स्थानीय चुनाव खारेजी माग गर्ने 'क्रान्तिकारी' पुलिस कस्टडीबाट रिहाईपछि अभिनन्दित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्थानीय चुनाव खारेजी माग गर्ने ‘क्रान्तिकारी’ पुलिस कस्टडीबाट रिहाईपछि अभिनन्दित



काठमाडौं, २५ जेठ

 

स्थानीय चुनाव खारेजी अभियानका क्रममा उपत्यकाबाट गिरफ्तार भई हिरासतमा राखिएका अभियानकर्मीहरुलाई अभिनन्दन गरिएको छ । राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका नेतृत्वहरुले बधाई तथा अभिनन्दन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य सन्तोष बुढाले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाको प्रयोग र क्रान्तिकारीहरुको पहलकदमीले राज्यसत्ताको निदहराम भएको बताए ।

उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका नेता बुढाले दोस्रो चरणको चुनावमा पहलकदमी थप सशक्त र प्रयोगात्मक बनाउने दृढता व्यक्त गरे । नेता कार्यकर्ताले अभियानमा देखाएको साहस र विवेकले दलाल सत्तालाई खारेज गरेर राष्ट्रियता र स्वाधीनता बचाउन सक्ने खाका स्पष्ट भएको बताउँदै आगामी दिनमा संघर्षलाई थप सुदृढ बनाएर लैजाने बुढाको भनाई छ ।

SANYO DIGITAL CAMERA

अभिनन्दित हुनेहरुमा ८ घण्टादेखि ३९ दिनसम्म प्रहरीको हिरासतमा बसेर रिहा भएका पार्टीका नेता तथा कायकर्ताहरु छन् । एकीकृत जनक्रान्तिलाई प्रतिक्रियावादीको चुनावमा प्रयोग गर्न सफल भएको भनाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले राखे ।

नेकपाद्वारा संचालित स्थानीय चुनाव खारेजीप्रति लक्षित शान्तिपूर्ण राजनीतिक कार्यक्रम ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ क्रममा प्रहरीले राजधानीमा विभिन्न स्थानबाट गिरफ्तार गरी झुठा मुद्दा लगाएर धरौटीमा रिहा गरेको थियो ।

लामो समय हिरासतमा पर्नेमा नेकपाका युवा संगठनका नेता सुरेश लामालाई दुईपटक गरी ३९ दिन हिरासतमा राखेर ७५ हजार धरौटीमा छाडिएको थियो । लामालाई चरम शारीरिक र मानसिक यातना समेत दिइएको थियो । त्यस्तै करिब ८ घण्टाको हिरासत रखाईपछि मकर गुरुङलाई छाडिएको थियो ।

अन्यलाई एक हजार, दुई हजार १० हजार रुपैयाँ लिई छाडिएको थियो । छुट्नेहरुमा कार्यकर्तादेखि केन्द्रीय सदस्य नारायण महर्जन रहेका छन् । अन्य अभिनन्दित हुनेहरुमा मकर नारायण श्रेष्ठ, मकर गुरुङ, सुरेश लामा, नविन विष्ट, हिरा शाही, एल.के. रायमाझी, विजय थापा, सुदर्शन मंगोल, धिरेन्द्रा उपाध्याय, लोकेन्द्र विष्ट, जय सिंह, चरित्र मगर रहेका छन् ।

त्यसैगरी टिकाराम चौधरी, ईश्वर बुढाथोकी, रामकृष्ण गौतम, टेकबहादुर प्रधान, ज्ञानेन्द्र बुढाथोकी, भुवन बिसी, दिनेश बोगटी, ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’लगायतलाई अभिनन्दन गरिएको छ । उनीहरु सबैलाई काठमाडौंको टेकु, दरबार मार्ग, जनसेवा, सिंहदरबार प्रहरी हिरासतमा राखिएको थियो ।

त्यसैगरी भक्तपुर प्रहरी हिरासतमा राखिएका युवराज आचार्य, धु्रव किराँती, जीवन तामाङलाई अझै रिहा नगरिएको नेकपा उपत्यका विशेष ब्यूरोले जनाएको छ । रिहालगत्तै पुनः पक्राउ गर्ने प्रहरी प्रशासनको कदमको ब्यूरो घोर भत्सर्ना गरेको छ । झुठा मुद्दामा बन्दी बनाइएका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत ब्यूरोले माग गरेको छ ।

शान्तिपूर्ण राजनीतिक कार्यक्रमलाई निर्वाध रुपमा संचालन गर्न दिन पनि सरकारसँग माग गरे ।