क्रान्तिकारीमा ३५ वर्षे उमेर हद लागु गर्न माग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्रान्तिकारीमा ३५ वर्षे उमेर हद लागु गर्न माग



९ भदौ, काठमाडौं ।
अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा प्रतिनिधिहरुले उमेर हद लागू गर्न माग गरेका छन् । यससंगै उमेर हद लागू गर्न नेतृत्वलाई दबाव बढेको छ ।
बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने २१ वटै टोली नेताहरुले यसै राष्ट्रिय सम्मेलनबाट ३५ वर्षे उमेर हद लागू गर्न माग गरेका छन् ।

राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरुलाई २१ समूहमा बिभाजन गरिएको थियो । सबै समूहका टोली नेताहरुले समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम शुक्रबार साँझ सकिएको छ । बन्दसत्र शनिबार बिहानसम्मलाई स्थगित गरी बिघटित केन्द्रीय समितिका पदाधिकारीहरु आन्तरिक छलफलमा जुटेका छन् ।
अखिल क्रान्तिकारीकै एजेण्डाअनुसार त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लागू गरेको थियो । तर आफ्नै संगठनभित्र उमेर हद लागू गर्न आनाकानी गरिएको भन्दै प्रतिनिधिहरुले नेतृत्वको आलोचना गरेका छन् ।