एनआरएनएको आईसीसी चुनाबमा अस्ट्रेलिया बाट कृष्ण गिरीले सचिबमा उम्मेदबारी दिने - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

एनआरएनएको आईसीसी चुनाबमा अस्ट्रेलिया बाट कृष्ण गिरीले सचिबमा उम्मेदबारी दिने



प्रबासी नेपालीहरुको एक मात्र छाता संस्था गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा विश्व सम्मेलन तथा नयाँ कार्यसमिति चयनका लागि निर्बाचन हुने भएको छ । सम्मेलन नजिकीदै गर्दा नेतृत्व लिनका लागि परिचित नामहरु उम्मेदबारको रुपमा भटाभट बाहिर आउन थालेको छ ।

यसैक्रममा अस्ट्रेलिया बाट कृष्ण गिरीले आगामी बिश्व सम्मेलनमा सचिब पदका लागि उमेद्वारी दिने पक्का देखिएको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाबाट संस्थामा सक्रिय भएका उनि लामो समयदेखि संस्थामा आवद्ध भएर कार्य गर्दै आएका छन । एनआरएनए अष्ट्रेलियाको कार्यसमिति तथा टास्कफोर्समा बसेर जिम्मेवारी निभाईसकेका गिरीले २०१३–२०१५ कार्यकालमा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय यूवा उपसंयोजक, यूवा तथा खेलकुद टास्कफोर्स उपसंयोजक, डलर १ कापिकलम परियोजना संयोजक लगायत थुप्रै कमिटि एबम टास्कफोर्स बसेर संघमा काम गरेको अनुभब बटुलि सकेका छन । उनी गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको २०१५–२०१७ को यूवा संयोजकको उमेद्वार समेत रहेका थिए ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष पदमा कार्य सम्पादन गरीसकेका गिरी, बिगतका दिनमा नेपालमा रहदा बिद्यार्थी राजनितिमा पनि उत्तिकै सक्रिय रहेका थिए । डेढ दशक देखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका गिरी लामो समय देखि एनआरएनएमा पद र पद बाहिर बसेर कार्य गर्दै एनआरएनए अभियान र संस्थालाई निजिकबाट बुझ्नेमा पर्दछन । आईटि संयोजक भएर संस्थालाई प्रविधिमा लान कार्य सम्पादन गरेका उनि एनआरएनए अष्ट्रेलियाको एक लाख डलर भन्दा बढि रकमको सोसीयल वोलफियर फण्ड खडा गर्ने मुख्य अभियन्त मध्ये एक हुन । नेपाल फेष्टिभलको आयोजनामा होस या संस्थाका केन्द्रिय, क्षेत्रीय एबम राष्ट्रि सम्मेलन, परियोजनामा सफल पार्न, बिगतका दिनमा समेत यो अभियानमा उनि सकृय थिए।