किस्ना आचार्य रोशनीको अभिनयमा“रुन्छु हास्नै मनै छैन”बोलको लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

किस्ना आचार्य रोशनीको अभिनयमा“रुन्छु हास्नै मनै छैन”बोलको लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

धौलागिरी अञ्चल नेपाली लोकगीत सङ्गीतको खानी मानिन्छ । लोकसङ्गीत क्षेत्रमा नवप्रतिभावान कलाकारदेखि मुर्धन्य स्रष्टा सर्जकसम्म धौलागिरीको छत्रछायामा जन्मेर हुर्कि सकेका छन् । आफ्ना प्रतिभाका माध्यमबाट धौलागिरीको सेरोफेरोमा मात्र सीमित नरहेर देश तथा विदेशमा रहेका नेपालीमाझ परिचित स्रष्टा सर्जक कलाकार मध्ये एक हुन् किस्ना आचार्य रोशनी । गीत सङ्गीत र साहित्य सिर्जनामा तल्लीन रोशनी विगत ७ वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाउंदै साङ्गीतिक, साहित्यिक यात्रालाई निरंतरता दिइरहेकि छिन् । पछिल्ला वर्षहरूमा उनी गीत संङगीत साहित्य मात्र हैन पत्रकारितामा पनि सक्रिय देखिन्छिन । आफूलाई जहिले पनि फरक रूपमा प्रस्तुत हुन रुचाउने रोशनी यस पालि भन्ने दर्शक श्रोता माझ मोडलको रूपमा प्रस्तुत भएकी छन् उनले अभिनय गरेको चोखो माया प्रेम मा धोका पाउदाको परिणामलाई कथा बस्तु बनाएर निर्माण गरिएको “ रुन्छु हास्नै मनै छैन ” बोलको लोक दोहोरी गीत केही समय अगाडि मात्र सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायक सर्गम मगर र पवित्रा सुर्तङ्गी को समधुर स्वरमा युवा सर्जक प्रेम सापकोटा सोनुको शब्द होमनाथ कुवरको लय रहेको छ । यस्तै गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, रबिन बि.कको सम्पादन र चित्र मास्की मगरको निर्देशन रहेको छ । अभिनयमा किस्ना आचार्य रोशनीलाई जीवन खड्काले साथ दिएका छन् ।

गीत सर्गम मगरको प्रस्तुतिमा रक्षा म्युजिक प्रा.लीले बजारमा ल्याएको हो ।