किस्ना आचार्य रोशनीको उत्कृष्ट शब्द सिर्जनामा "आशुको मूल्य" (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

किस्ना आचार्य रोशनीको उत्कृष्ट शब्द सिर्जनामा “आशुको मूल्य” (भिडियो सहित)



समीर प्रकाश पाण्डे ,मङ्सिर ६/ अर्घाखाँची

विगतका वर्षहरू देखिनै नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहदै आएकी सर्जक तथा मिडियाकर्मी हुन किस्ना आचार्य रोशनी । फुल सम्झ या काडा नामक लोकदोहोरी गीत बजारमा ल्याय सँगै औपचारिक साङ्गीतिक यात्रा सुरुवात गरेकी रोशनी विशेषत सिर्जनात्मक पाटोमा अब्बल मानिन्छिन् । यसको अवला उनले स्वर भरेका र अभिनय गरेका गीतहरूले पनि साङ्गीतिक बजारमा चर्चा कमाइसकेका छ्न् ।

लामो समय लगायरै भए पनि दर्शक श्रोता को मनमा बस्न सक्ने सिर्जना दिने रोशनीले करिब १ दशक हाराहारीको साङ्गीतिक यात्रामा करिब २ दर्जन गीतमा आफ्नो सिर्जना दिइसकेकी छिन् । फुल सम्झ या काडा,तिम्रै यादमा हराउदा,थाहा पायौकी पायनौ,बिस रैछ बोलीमा,तेलको पैचो पानीले,पाहुना रैछ सानु,सोल्टिनी नानी,पुर्णेकी जुन जस्ती,प्रीति शब्द,सोल्टिनी सँग ,गोर्खाली बाग्लुङ्गे,लगायत का उनका सिर्जना धेरै दर्शक श्रोता को मन मा बसिसकेका छ्न् भने भर्खरै मात्र रोशनीको सिर्जना मा आशुको मूल्य पन्चेबाजा गीत सार्वजनिक भएको छ ।

प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को स्वर मा रहेको यश गीतको भाका प्रेम ले नै बनाएका हुन भने म्युजिक भिडियो कपिल लामाको निर्देशन ,राजेश घिमिरे को छायाङ्कन ,सुजन शाही को सम्पादन मा तयार भएको छ । हरि शर्मा को प्रस्तुति र हमाल म्युजिक प्राली ले बजार व्यवस्थापन गरेको यश गीतको म्युजिक भिडियोमा रन्जिता गुरुङ ,महेन्द्र गौतम र हरि शर्मा को उत्कृष्ट अभिनय हेर्न पाइन्छ ।