कृष्णको पुरानो मौलिक भाकामा ‘चल्ती आएको’ र ‘भालेको डांकैमा’ आउँदै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कृष्णको पुरानो मौलिक भाकामा ‘चल्ती आएको’ र ‘भालेको डांकैमा’ आउँदै



बुटवल ।

सञ्चारकर्मीकृष्ण पाण्डे ( कृष्ण बाबु ) ले यसपटकको तीजलाई लक्षित गरी दुईवटा तीज गीत बजारमा ल्याउंदै छन् । ४ वर्षदेखि सक्रियरुपमा साङ्गीतिक क्षेत्रमा जम्दै आएका कृष्ण बाबुले पुराना मौलिक गीत र भाकामा आधारित रहेर ‘चल्ती आएको’ र ‘भालेको डांकैमा’ तीज गीत ल्याउन लागेका हुन् । यी दुवै गीतलाई कृष्णको आफ्नै म्युजिक कम्पनी बुलबुल मिडिया प्रालिले बजारमा ल्याउंदैछ । ‘चल्ती आएको’ मा कृष्णकै शब्द छन् भने लय सङ्कलन खुमन अधिकारीको रहेको छ । यो गीत खुमन अधिकारी र शान्ता परियारको स्वरमा सुन्न र हेर्न सकिने छ । रेकर्डिङ र मिक्सिङ सकिएको गीतको म्युजिक भिडियो छिट्टै निर्माण हुने कृष्णले जानकारी दिए । म्युजिक भिडियोमा पुरुष कलाकारमा कृष्ण स्वयम्ले अभिनय गर्ने छन् भने महिला कलाकारको निश्चित भई नसकेको उनले बताए । यो गीतको एउटा टुक्का यस्तो छ –

दैला मुनिको कांकरीको बिरुवा काट्यो मलाई नभने गाईले खाएको ।हल्का कपाल पालेर खैरो खैरो बनाएं, नक्कल पा¥यो नभने चल्ती आएको ।

गत वर्ष कृष्णले ल्याएको भंगेरी चरीले तीज गीत वर्षकै चर्चित र लोकप्रिय गीत बनेको थियो । उक्त गीत यु ट्युबमा १३ लाख दर्शकले हेरेका थिए । यस पटक ‘चल्ती आएको’ गीतले पनि गत वर्ष जस्तै चर्चा कमाउने कृष्णको दाबी छ । हालसम्म २० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका र दुई दर्जन बढी गीत लेखेको बताउने कृष्णले यस पटक पनि आफ्ना दुई गीत बाहेक डिल्लीनारायण पाण्डे, हरि केसी र पार्वती स्त्रीको तीजका लागि पनि शब्द लेखिदिएको बताए । शब्द संकलक र मोडेल कृष्ण आधा दशकदेखि पत्रकारिता पनि आबद्ध छन् । उनी न्यूज २४ टिभीका संवाददाता र तिनाउ खबर डटकम अनलाइनका सञ्चालक हुन् ।