विवादमा आउने गरी कसैसँग मेरो नाम जोडिएको छैन : कृष्ण बाबु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विवादमा आउने गरी कसैसँग मेरो नाम जोडिएको छैन : कृष्ण बाबु



करिब छ (६) वर्ष अगाडि देखि कला मोडलिङ सँगसँगै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका कृष्ण बाबु दिनानु दिन चर्चा बटुल्न थालेका छन् । करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका कृष्ण आधा दर्जन गीतमा शब्द रचना सँगै उर्बसी र डीभोर्स चलचित्रमा अभिनय समेत गरिसकेका छन् र पत्रकारिता गर्ने क्रममा हाल उनी बुटवलमा सन्चालित रेडियो नमस्ते र बुद्घ सामुदायिक टेलिभिजनमा अाबद्द छन् । स्याङ्जा जन्मथलो भई हाल बुटवललाई कर्मथलो बनाएर पत्रकारिता र कलाकारिता एकैसाथ अघि बढाईरहेका कृष्ण बाबु सँग हिमाल पोस्टका लागि समिर प्रकाश पाण्डेले गरेको कुराकानी: –
नमस्कार कृष्ण जी, तपाईँलाई हिमाल पोस्ट डट कममा स्वागत छ?
? धन्यवाद, नमस्कार समिर जी र हिमाल पोस्ट डट कम टिमलाई

के मा व्यस्त हुनुहुन्छ आज भोलि? 

?अाज भोलि म्युजिक भिडियो को काम मै व्यस्त छु, अब छिटै पञ्चेबाजाको गीत अाउदै छ र आफ्नै कम्पनीको काममा व्यस्त छु भनुम ।

कृष्ण जी म लगायत धेरै दर्शक श्रोतालाई मनमा लागेको कुरा नाम को पछाडि बाबु जोड्नु को कारण?
? यसमा त्यस्तो मुख्य कारण त खास केही छैन घर परिवार लगायत मलाई माया गर्ने मान्छेहरूले माया गरेर बोलाउदा बाबु भन्नु हुन्छ त्यसैले नाम को पछाडि बाबु राखेको ।

 तपाईँ अभिनय , शब्द रचना सँगै पत्रकारितालाई पनि सँगसँगै अघि बढाउनु भएको छ कसरी मिलाउनु हुन्छ समय ? गाह्रो हुँदैन भन्या?

? काम गर्न त पक्कै पनि गारो हुन्छ , कामलाई कसरी लिइन्छ भन्ने कुरा हो मेरो रुचिको विषय भएको ले समय मिलाएको छु र मिलाउछु पनि ।

यो क्षेत्र नै रोज्नु को कारण ?
?पहिला मैले रेडियोमा काम गर्थे, सानै देखि रुचि पनि थियो समय समयमा शब्द पनि कोर्ने गर्थे पछि साथीहरूको सहयोगले यस क्षेत्रमा आए ।

तपाईँ त ठुलो पर्दा को चलचित्रमा समेत अभिनय गरिसक्नु भएको छ कत्तिको फरक पाउनु भयो सानो पर्दा र ठुलो पर्दामा काम गर्न ?
?काम गर्ने तरिका त एउटै हो तर सानो पर्दामा सानै टिमसंग काम गर्नु पर्छ छिटो हुन्छ रिजल्ट पनि छट्टै आउँछ तर ठुलो पर्दामा ठुलो टिम सँग काम गर्नु पर्छ रिजल्ट कुर्नु पर्छ।

कसको प्रेरणा मिल्यो यस क्षेत्रमा अाउनको लागि?
? अग्रज कलाकार घर परिवार र साथीहरू ।

 चर्चा राम्रै छ, कुन गीतले चिनायो कृष्ण बाबु भनेर ?
? मेरो पहिलो शब्दमा “ सम्झनामा सधैँ आई रहन्छउ ” जुन गीत खुमन अधिकारी र पूर्णकला बि.सीको स्वरमा छ त्यस्तै स्वरुपराज आचार्यको स्वरमा “ छाती भरी भाला रोपी ” र विशेष त पछिल्लो समय तिजको गीत “ भगेरी चरीले ” ।

यस क्षेत्रमा लागे पछि के पाए के गुमाए जस्तो लाग्छ ?
? विशेष त श्रोता दर्शकको माया, कोही कतै सम्मान पायको छु खास गुमाउनु परेको केही छैन ।

यदि कृष्ण बाबु यस क्षेत्रमा नभएको भए अहिले के गर्दै हुनुहुन्थ्यो होला?
? मैले C.M.A पढेको छु , यदि यो क्षेत्रमा नभएको भए बिरामीको सेवा गरी रहेको हुन्थे होला ।

 के प्राप्त भएमा यो क्षेत्र छाड्नु हुन्छ?
? अब यो क्षेत्र छोड्न सक्दिन, असफलता प्राप्त भए पनि कारण खोजेर सुधार गर्दै, नजानेको कुरा सिक्दै अघि बढ्ने कोसिस गर्छु ।

 कलाकारको नाम अरू सँग जोडिनु नौलो कुरा त हैन, बेला बेला कृष्ण बाबुको नाम पनि खुप जोडिने गरिको छ के सत्य हो ?
? हाहाहाहा, ,,,, हल्का फुल्का जोडिनु त सामान्य कुरा हो तर विवादमा आउने गरी जोडिएको छैन ।

 ह्यान्ड्सम हुनुहुन्छ, पछिल्लो समय चर्चा राम्रै चलेको पनि छ केटीहरू कत्तिको लाइन मार्छन?
? हाहाहा…. लाइन त मार्छन नि तर म लाइन मार्दैमा I LOVE YOU भन्दै मा पछि लागेर हिन्दिन ।

 प्रेम के हो जस्तो लाग्छ ?
?दुई आत्माको मिलन ..

सेक्सको बारेमा तपाईँको बिचार?
? सेक्स प्राकृतिक देन हो, खाना, निन्द्रा, पानी जस्तै महत्त्वपूर्ण हो जस्तो लाग्छ ।

 बिहे कहिले गर्ने योजना बनाउनु भएको छ?
? तत्काल त्यस्तो योजना केही छैन ,काममै व्यस्त छु बिहेको बारे सोच्नै पाएको छैन ।

कसैको माया प्रेम मा हुनुहुन्छ?
? हाहाहाहा…….. यो विषयमा नबोलुम क्यारे …

यदि कसैले कृष्ण म तपाईँ बिना बाच्न सक्दिन मलाई बिहे गर भन्दै प्रस्ताव ल्यायो भने के गर्नु हुन्छ?
? पहिला त के सोचेर कसरी यस्तो प्रस्ताव ल्याउनु भयो भनेर बुझ्छु अनि राम्रो सँग सम्झाउछु र उसको चिन्त बुझाएर साथीको रूपमा राख्छु ।

 यस क्षेत्रमा आउने नयाँ प्रतिभाहरुलाई तपाईँको सुझाव?
? प्रतिभा लिएर अाउनोस, केही सिक्नोस अरूको देखा सिकी गरेर हुँदैन, आफूले मिहिनेत गरे पछि सफलता अवश्य मिल्छ ।

अन्त्यमा,
?मेरा केही कुराहरू राख्ने समय दिनु भयो त्यस्को लागि समिर जी र हिमाल पोस्ट टिमलाई विशेष धन्यवाद र मलाई माया गर्नु हुने मेरा दर्शक श्रोताहरु भगवान् सरह हुनुहुन्छ हजुर हरुकै मायाले आज कृष्ण बाबु भनेर चिनिन पाएको छु अबका दिनमा पनि यसरीनै माया र साथको आशा राख्दछु र सबैले नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला ।