स्थानीय तहका महिला कृषक समुहलाई बीउ तथा मल वितरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्थानीय तहका महिला कृषक समुहलाई बीउ तथा मल वितरण



विशाल पाण्डेय / सुखड,कैलाली –
कैलालीको विभिन्न स्थानीय तहमा रहेका महिला कृषक समुहलाई बीउबिजन तथा मल वितरण गरिएको छ । ओरेक नेपालको सहयोगमा बिहिवार जिल्लाको घोडाघोडी नगरपालिका , गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाका महिला कृषक समुहलाई बीउबिजन तथा मल वितरण गरिएको हो ।

घोडाघोडी नगरपालिका वडा नं २ र ३ का सय घरधुरी , गौरीगंगाको वडा नं ७,८,९ र ११ का सय घरधुरी र भजनीको वडा नं ३,४ र ८ को सय घरधुरी गरि ३ सय घरधुरी लाई वितरण गरिएको ओरेक नेपालकि जिल्ला संयोजक बिनु रानाले जानकारी दिइन ।

संयोजक रानाले कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले बीउ खरिद गर्ने वातावरण नरहँदा सो सहयोग गरिएको बताइन् । उनले कृषक समुहलाई सहयोगस्वरुप केही राहत पुगोस भनी बीउबिजन तथा मल सहयोग गरिएको बताइन् ।

ओरेक नेपालकि घोडाघोडी नगरपालिका संयोजक प्रिति चौधरीले महिला कृषक समुहलाई केही राहत होस भनी सहयोगस्वरुप मुला, काउली ,खुर्सानी ,भान्टा लगायतका बीउबिजन तथा मल उपलब्ध गराइएको जानकारी दिइन । बिउबिजन पाएपछि स्थानीय महिला कृषक समुहहरुले खुशी व्यक्त गरेका छन् ।