कीर्तिपुर नगरपालिका १ मा एमाले प्यानल बिजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कीर्तिपुर नगरपालिका १ मा एमाले प्यानल बिजयी



काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानलले जीत हात पारेको छ । नेपाली कांग्रेशको बर्चस्व रहंदै आएको कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा यो पटकको निर्वाचनमा भने अध्यक्षमा एमालेका हर्ष महर्जन सहित सदस्यमा सुनिता महर्जन, सुमन पोख्रेल, धनबहादुर महर्जन विजयी भएका छन् ।

अध्यक्षमा एमालेका हर्ष महर्जनले ७ सय ५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्धी कांग्रेसका उमेद्वारले ६ सय २३ र नेकपा माओवादीको उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् ।