क्रियाशिल दलित पत्रकार संघ कैलालीको अध्यक्षमा महेश महर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्रियाशिल दलित पत्रकार संघ कैलालीको अध्यक्षमा महेश महर



कैलाली । क्रियाशील दलित पत्रकार संघ नेपाल कैलाली शाखाको प्रथम जिल्ला भेला कैलालीको धनगढीमा सम्पन्न भएको छ । शुक्रबार धनगढीमा सम्पन्न प्रथम जिल्ला भेलाले महेश महरको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ नेपाल कैलाली शाखाको’ समिति गठन गरिएको छ ।

संघको उपाध्यक्षमा भुपेन्द्र बिक, सचिवमा मंगल बास्कोटी, सह-सचिवमा सुदिप बिक, निर्मला पहराई र कोषाध्यक्षमा जगत जैगडी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गोबिन्द बिसी, अशोक अछामी, सरोज विश्वकर्मा, भक्त विश्वकर्मा, राम बहादुर विश्वकर्मा, भिम बिसी, सुन्दर बिक र लक्ष्मण बिक चयन भएका छन् ।