सलामी-गुलामी अन्त्य गर्ने कि ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सलामी-गुलामी अन्त्य गर्ने कि ?



क्षितिज भण्डारी

संविधान संशोधनको मुद्दा झैँ अब काँग्रेस भित्र नेताको कार्यशैली र निरकुश प्रवृत्ति संशोधन गरी गुटबन्दी बन्द गर्न युवानेता जुरमुराउनु पर्ने देखिन्छ । अहिलेसम्मकै सबै दल का नेताहरूको नेतृत्वको विधान विपरीत क्रियाकलाप विरुद्ध अनि राष्ट्रिय मुद्दामा हामी ले बोल्नुपर्छ । नेपाली काँग्रेस भित्र त अब यी महत्त्वपूर्ण मुद्दामा महासमिति बैठक हुनुपर्छ । अहिले यो गरिब देशमा जम्बो मन्त्रीमण्डल किन चाहियो ! हामीले सोध्न पाउने कि नपाउने ? गरिब देशमा यत्रो मन्त्री तर अमेरिकामा १२मन्त्रालय । हाम्रो नेपालमा २५ मन्त्रालय र दर्जनौं राज्यमन्त्री किन चाहियो! त्यहाँ १०० सासद तर नेपाल मा ६०१ ? गर्न खोजेकोको चाहिँ के हो? यो भ्रष्ट नेतालाई सबै दल बाट बलपूर्वक अवकाश दिलाउनु पर्‍यो ! जय नेपाल ! नेतालाई भनेर परिवर्तन आउदैन त्यसैले तयारीमा जाग्नु छ ।

सुतेका-लुकेका युवानेता जगाएरबलियो प्रतिपक्षीको मोर्चाबन्दीका अगाडी काँग्रेसको यो मन्त्री र राज्यमंत्रीको नामहरू न समावेशी देखिन्छ ! यो मन्त्रीमण्डल न त संविधानसम्मत देखिन्छ ! यो समानुतिक पनि छैन किनकि यहाँ न दलित छ ! न थारु छ , न रानाको उपस्थिति छ अझ कुनै उल्लेख्य आदिवासी-जनजाति अनि महिलाको देखिन्न ! यसरी चुनावी घोषणा पत्रलाई लात हान्दै अपाङ्ग-अशक्त, विज्ञ, तेस्रो लिङ्गी मात्र होइन पिछडिएका क्षेत्रको समेत कुनै साइनो छैन ? प्रचण्ड सङ्गका सहमतिबमोजिम ४महिने राज्य मन्त्रीहरुलाई शुभकामना छ ।अपितु वहाँको लामो राजनीतिक भविष्य र त्यागलाई जाबो ४महिना का लागि सँकुचित पारेकोमा म चिन्तित छु। यो ढिलाइ र समावेशी नहुनूको कारण पार्टी भित्रको सस्थागत गुटबन्दीको परिणाम हो भन्ने मेरो ठहर छ।

भिर बाट खस्न लागेको गोरु लाई राम-राम भन्न सकिन्छ तर काध थप्न्न सकिन्न – गणतन्त्रका पिता गिरिजा प्र.कोइरालाले आन्दोलनको मैदानमा निरकुश सत्ता लाई भने झैँ ५ नम्बर प्रदेश बिभाजनको गलत रवैया देखि काँग्रेसमा आन्तरिक लोकतन्त्रको चाहने तरुण-विद्यार्थी एक नभए पार्टी दिशाहिन र गन्तव्यबिहिन हुने खतरा बढेको छ ।

नेपाली काँग्रेसमा आज १० महिना पुग्न लाग्दा पनि पार्टी पदाधिकारी चयन भएन ? समयमै पदाधिकारीले पूर्णता नपाउदा पार्टीको जिल्ला, क्षेत्र, नगर र गाविसमा पनि समिति अपुरो छ । प्रवक्ता नहुदा राष्ट्रिय मुद्दामा आधिकारिक धारणा र सम्बोधनमा ढिलाइले पनि काँग्रेस कमजोर देखिदैछ ! झन्डै ४२ वटा बिभागहरु गठ्न नहुदा १००० कार्यकर्ता बेरोजगार छ्न ! उपसभापति भएको भए प्रशिक्षण विभाग पनि चलायमान हुन्थे तर किन हुँदैन ? कसको डिजाइनमा बिपि कोइरालाले स्थापना गरेको काँग्रेस आज एमालेभन्दा विभिन्न मुद्दामा रणनीतिक र राजनीतिक रूपले कमजोर हुँदैछ? अनि लाजमर्दो जम्बो मन्त्रीमण्डल किन गठन गरियो ? त्यो पनि आधा कार्यकाल सकिएपछि मात्र ४ महिना ढिलासुस्तीले राज्रीमन्त्रीहरूले औचित्यपूर्ण काम गर्न समय पुग्ला र ? पछिल्लो ४महिनासम्म पनि सरकारले जनताको पक्षमा किन काम गर्न ? यिनै प्रश्न-उत्तरबिच मेचीमहाकाली वृहत् छ्लफलको आवश्यकता छ । नेताको सति जाने र हलिगोठाला बनी विदेशीको गोटि बन्ने र दर्जनौं मन्त्रालयको मन्त्री खाने तर जनताको काम नगरी भ्रष्टाचार गर्नेका विरुद्धको लाग्ने कि नलाग्ने मित्रहरू ! नेपाली काँग्रेसको विधान अनुसार महत्त्वपूर्ण विषयमा माहासमिति बैठकको म्याडेट लिनुपर्नेमा हुन्छ तर बिना छलफल र महासमितिको निर्णय संविधान संशोधिन नभए पनि कार्यान्वनको लागि चुनावमा जानुपर्ने कुतर्क गर्ने अधिकार नेतासंग छैन । काँग्रेस ले पनि राष्ट्रिय सहमतिको प्रायाश नगर्ने हो यो पार्टी कसरी राष्ट्रियता र लोकतान्त्रको मियो बन्न सक्छ ?

त्यस्तै नेताले तरुण दलको पोखरा महाधिवेशनमा चुनाव हुन नदिएर गोजि बाट फुत्त नाम निकालेर आफ्नो चरित्र दर्शाइ सके । त्यो पापिस्ट अपराधमा मिलेमतो गरी २-४ मान्छे घुसाउन पाउने आसमा साथ दिए युवा नेता भनाउदाहरु ले ! आफू पद बाहिर रहदा आन्तरिक लोकतन्त्रको मौसमी बाजा बजाई बार्गेनिङ पोलिटिक्स गर्न पल्केका युवानेताले पनि हामीलाई धोका दिए कि भन्ने शङ्का छ । कतै वहाँहरुले सत्तासुख लोभले कर्तव्य बिर्सेर “त्वम शरणम-जसको शक्ति त्यसको भक्ती” भन्ने सिद्धांत अङ्गलेको त होइन भन्ने, लाखौँ कार्यकर्ताले सोध्दै छ्न । जे भयो त्यो बिर्सेर अब बाकी पदमा देशबिदेशका तरुण दल का वास्तविक महाधिवेशन प्रतिनिधिहरू मात्र भावनालाई सम्बोधन गर्दै तरुण विधानको अक्षरश: पालना गराउदै समाबेशितामा आधारित कार्यसमिति बन्नुपर्छ । विगतदेखि वर्तमान सम्म पार्टी र भातृसस्थामा क्षमतावान नेतालाई साइज मा ल्याउन बलि दिने प्रचल्न अन्त्य हुनुपर्छ । पार्टीका अवसर र पदमा आसेपासे अनि दास बन्न सक्ने, कमैयाँ, हरूवा-चरुवा झैँ सेवा पुराउने पुरुषकृत गर्ने तर सभावना बोकेका उर्जाशिल युवाप्रती निरकुश व्यवहार गर्ने प्रवृत्ति बन्द हुनुपर्छ । हाम्रो पार्टी शुद्धीकरण अभियानमा सहमत, आट र उच्च आत्मबिश्वास भएका साथीहरूलाई मात्र हाम्रो जनजागरण र भण्डाफोर दौडाहमा साथ दिँदै सलामी- गुलामी अन्त्य गर्न अनुरोधमा छ ! जय नेपाल !