काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै अग्रता, लौरो पछिपछि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै अग्रता, लौरो पछिपछि



काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०३ मत पाएका छन् ।

एमालेका शिवसुन्दर राज वैद्यले ३०७ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उठेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । राप्रपाका प्रकाश रिमालले २०६ मत पाएका छन् ।