यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अवस्था « Himal Post | Online News Revolution
Logo

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अवस्था



काठमाडौँ- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ ।

काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।

अहिले गणना भैरहेको र केहीबेरमा मतगणनाबारे जानकारी दिने तयारी गरिएको छ ।