अब काठमाडौंमा घरभाडा समायोजन हुने, व्यक्तिले भाडामा लगाउन नपाईने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अब काठमाडौंमा घरभाडा समायोजन हुने, व्यक्तिले भाडामा लगाउन नपाईने



काठमाडौं- अब काठमाडौं महानगरपालिकाभित्र घर जग्गा भाडासम्बन्धी काम व्यक्तिले गर्न नपाउने भएका छन् ।

अबदेखि घर भाडा र जग्गा भाडासम्बन्धि काम कम्पनीमार्फत मात्रै हुने व्यवस्था गरिएको छ । महानगरका मेयर बालेन शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन् ।

आइतबार उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए ।

संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ । मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन्।

यो व्यवस्थाले काठमाडौंमा चर्किएको घरभाडा पनि केही समायोजन हुने आँकलन गरिएको छ ।