राष्ट्रपतिको सवारीले काठमाडौंमा बिजोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राष्ट्रपतिको सवारीले काठमाडौंमा बिजोग



राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ

राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो तीन बजे बजेपछि संसद् भवन पुगेका थिए । अहिले उनी फर्किसकेका छन् ।

मन्त्रीहरूको आवतजावतले पनि थप जाम भएको ट्राफिकले जनाएको छ । विभिन्न सडक चोकका सर्वसाधारण रोकिनुपर्ने र जाममा बस्नुपर्ने अवस्था छ ।

जताततै जामका कारण सर्वसाधारणलाई सास्ती भएको छ ।