काठमाडौंमा जाडोले बेहाल- ३ डिग्रीमा झर्‍यो तापक्रम, तराईमा ढपक्कै हुस्सु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काठमाडौंमा जाडोले बेहाल- ३ डिग्रीमा झर्‍यो तापक्रम, तराईमा ढपक्कै हुस्सु



काठमाडौं । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ । हिजो मङ्गलबार काठमाडौंको न्युनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिएका छन् ।

देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ । सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ । यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।

अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।