काठमाडौंमा एकैदिन ८० जनामा संक्रमण पुष्टि: स्थानीयमा पनि भेटियो कोरोना - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काठमाडौंमा एकैदिन ८० जनामा संक्रमण पुष्टि: स्थानीयमा पनि भेटियो कोरोना



काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी छन्।

दिउसो मात्र स्वास्थ्य मन्त्रालयले एकैदिन ६२ जना संक्रमित भएको जनाएको थियो । साँझको थप अपडेट अनुसार संक्रमिय्त्को संख्या ८० पुगेको छ । संक्रमित मध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएको महाशाखाले जनाएको छ। तीमध्ये पनि प्रदेश २ का सबै जिल्ला र भारतबाट आउने बढी संक्रमित छन्।

संक्रमण देखिनेमा कपाल काट्ने, तरकारी तथा फलफूल बेच्ने, मजदुरी गर्ने र अन्य व्यवसाय गर्ने व्यक्तिहरु बढी रहेका महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही व्यक्तिहरु भने कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा परीक्षण गर्दा संक्रमित पाइएका हुन्।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या हुन थालेको छ। महाशाखाका अनुसार उपत्यकाका बुढानिलकण्ठ, कपन, शंखमूल, कालीमाटी, नख्खु, गोदावरीका साथै भक्तपुरका विभिन्न ठाउँहरु संक्रमण देखिएको बताइएको छ ।

दिनहुँ संक्रमितको संख्या बढ्दै जाँदा कोरोना उपचारका लागि छुट्टाइएका अस्पतालका बेड भरिएका छन्। जसले नयाँ संक्रमितलाई कहाँ राख्ने भन्ने अलमल बढाएको छ।

हालसम्म काठमाडौं बसिरहेका ८ परिवारका सदस्यहरुलाई कोरोना संक्रमण देखिएको छ। उनीहरुको ट्राभल हिष्ट्री नभएपनि बाहिर जिल्लाबाट आएका व्यक्तिबाट संक्रमण सरेको देखिएको महाशाखाले जनाएको छ।