काठमाडौंमा मतगणना सुरु हुँदै, १० वटा क्षेत्रको कहाँ हुँदैछ गणना ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

काठमाडौंमा मतगणना सुरु हुँदै, १० वटा क्षेत्रको कहाँ हुँदैछ गणना ?



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको मतगणना मतदान सकिएपछि सर्वदीय बैठक बसेर आजैबाट मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । १० वटा क्षेत्रको १० स्थानमा मतगणना हुनेछ ।

क्षेत्र नम्बर १ को मतगणना बानेश्वरको सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीको राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ४ को चपलीस्थित जेष्ठ नगरिक केन्द्रको भवनमा, क्षेत्र नम्बर ५ को मतगणना टोखा नगरपालिकाको श्री समाज भवन टोखामा हुनेछ ।

क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को जुडो हल बालाजुमा, क्षेत्र नम्बर ८ को गीतामाता स्कुल स्वयभूमा हुने आयोगले जनाएको छ ।

क्षेत्र नम्बर ९ को न्याथम कलेज रवी भवनमा र क्षेत्र नम्बर १० को त्रिवि स्मृति भवनमा मतगणना हुने आयोगले जनाएको छ ।