काठमाडौँमा यो वर्षकै उच्च तापक्रम - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

काठमाडौँमा यो वर्षकै उच्च तापक्रम



काठमाडौँ- काठमाडौँमा आइतबार यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यो यो वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए।

यो वर्षको जुलाई १२ तारिखयता काठमाडौँको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि रहेको उनले बताए ।

उनका अनुसार जुलाई महिनामा काठमाडौँको अहिलेसम्मकै उच्च तापक्रम सन् १९८९ जुलाई २२ मा मापन गरिएको थियो । त्यतिखेर काठमाडौँको अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियस मापन गरिएको उनले बताए ।

आज बिहान केही स्थानमा वर्षा भएको र भोलिदेखि पानी पर्ने क्रम बढेसँगै कम गर्मी महसुस हुने मौसमविद् भट्टराईको भनाइ छ ।