काठमाडौंकै अस्पतालका चार स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

काठमाडौंकै अस्पतालका चार स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि



काठमाडौँ– काठमाडौंमा फेरि नयाँ कोरोना संक्रमित भेटिएका छन् । काठमाडौँ मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ देखि ३२ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘प्राप्त जानकारी अनुसार उनीहरु चारैजना स्वास्थ्यकर्मी हुन्’, नियमित प्रेस ब्रिफिङका क्रममा डा. देवकोटाले मंगलबार भने।