काठमाडौंकै अस्पतालमा भेटिए थप दुई जना संक्रमित - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

काठमाडौंकै अस्पतालमा भेटिए थप दुई जना संक्रमित



काठमाडौं- कोठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत २ जना विरामीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गुल्मीका ७६ वर्षीय र पोखराका ६० वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका दुवै जनालाई यसअघिदेखि नै कोरोना संक्रमणको आशंकामा सतर्कता अपनाएर उपचार गरिएको थियो । उनीहरु मध्ये एक जना आईसीयूमा रहेका अस्पतालले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये २ जना विरामी ह्याम्स अस्पतालमा उपचाररत रहेका बताइएको हो ।