काठमाडौं–१ मा एमालेका किरण पौडेललाई राप्रपा नेपालको समर्थन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौं–१ मा एमालेका किरण पौडेललाई राप्रपा नेपालको समर्थन



काठमाडौं– काठमाडौं–१ मा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी निस्क्रिय पार्दै राप्रपा नेपालले एमालेलाई समर्थन गरेको छ।

काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट युवा नेता किरण पौडेल प्रतिनिधि सभाका उम्मेदवार रहेका छन्।

राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ ‘क’ का द्वारिकानाथ ढुंगाना र ‘ख’ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ ।

उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ।

राप्रपा नेपालको समर्थनसँगै उक्त क्षेत्रमा जित निकाल्न सकिने एमालेका उम्मेदवार पौडेलको भनाई छ। एमाले थप बलियो भएको उनले बताएका छन्।